Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
८:३५:०५ बिहान
- ADVERTISEMENT -

नेपालले मलेसियालाई दियो २१८ रनको विशाल चुनौती

प्रकाशित मिति: २०७८ वैशाख ९, बिहीबार

582
Shares

काठमाडौं, ९ बैशाख २०७८ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले जितका लागि मलेसियालाई २१८ रनको चुनौती दिएको छ ।

बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको हो ।

नेपालका लागि करन केसीले सर्वाधिक ४५ रन बनाए । उनले लगातार तीन छक्का प्रहार गरेका थिए । ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । लगातार तीन खेलमा अर्धशतक हानेका अर्का ओपनर कुशल भुर्तेल भने १६ रनमै आउट भएका छन् । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । विनोद भण्डारीले ८ र कुशल मल्लले १९ र सोमपाल कामीले २ रन बनाए ।

मलेसियाका लागि फित्रि साम, अनवार रहमान र सायद अजिजले समान दुई/दुई विकेट लिए । यस्तै, मुहमम्द वाफिकले एक विकेट लिए ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा नेदरल्याण्डविरुद्ध २ सय ६ रन बनाएको थियो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -