Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:०० बिहान
- ADVERTISEMENT -

त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृखंलाको तेस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दै

प्रकाशित मिति: २०७८ वैशाख ६, सोमबार

473
Shares

काठमाडौं, बैशाख ६ गते । नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृखंलाको तेस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दैछ । प्रतियोगितामा दुबै टोलिको यो दोस्रो खेल हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह सबा एक बजेबाट उक्त खेल हुनेछ । प्रतियोगिताको पहिलो खेलमा सशक्त प्रतिद्वन्दी नेदरल्याण्ड्सलाई हराएको नेपालले घरेलु मैदान उच्च मनोबलका साथ उत्रिनेछ । मलेसियाले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग झिनो अन्तरको हार बेहोरेको थियो ।

नेदरल्याण्ड्स बिरुद्ध १९२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मात्र १५ रनले हार बेहोरेको मलेसियाले नेपाललाई घरेलु मैदानमा हराएर प्रतियोगितामा आफ्नो स्थितिलाई बलियो बनाउन प्रयत्नशील रहनेछ । पहिलो खेलमा हार बेहोरेकोले प्रतियोगितामा जिवित रहन समेत मलेसियाले आजको खेल जित्नैपर्ने दबाब हुन्छ ।

नेपाल र मलेसियाले टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बिगत्मा चार पटक एक अर्काको सामना गरेको छ । जसमध्ये नेपालले तीन खेलमा जित र एकमा हार बेहोरेको छ । मलेसिया बिरुद्धको आफ्नो जित प्रतिशतलाई सुधार्न नेपाललाई घरेलु मैदानको अबसर छ ।

पछिल्लो पटक सन् २०१९ को जुलाईमा नेपालले मलेसियाको सामना गरेको थियो । उक्त खेलमा नेपालले मलेसियालाई छ रनले हराएको थियो । नेपालले तयार गरेको १७३ रनको लक्ष्य पछ्याउँदै मलेसियाले सात विकेटको क्षतिमा मात्र १६७ रन जोडन सकेको थियो । नेपालको जितमा बिनोद भण्डारीले अद्र्धशतकीय पारी खेल्नुभएको थियो ।

जारी त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलामा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएकोले नेट रन रेट समेत उच्च छ । नेपालले एक खेलबाट दुई अङ्क बटुलेको छ । नेट रन रेट २.६ छ । नेदरल्याण्ड्सले दुई खेलमध्ये एकमा जित र अर्कोमा हार बेहोरेको नेदरल्याण्ड्सको दुई अङ्क र नेटरन रेट ऋणात्मक छ । मलेसिया अङ्क नजोडेपनि नेट रन रेट भने नेदरल्याण्ड्सभन्दा बलियो छ ।

आज हुने खेलमा नेपालले नेदरल्याण्ड्स बिरुद्धकै अन्तिम एघारलाई निरन्तरता दिनेछ । अनुभबी ब्याट्सयम्यान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी र बिनोद भण्डारीको उपस्थितिले नेपालको ब्याटिंग शक्ति हो । अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलको डेब्युमै अद्र्धशतक लगाएका दुई ब्याट्सम्यान कुशल भुर्तेल र आशिफ शेषको जोडीमाथि नेपालको सुरुवात निर्भर रहनेछ । बलिंगमा सन्दीप लामिछाने र करण केसीको प्रदर्शन हेर्नलायक रहनेछ । लामिछानेले पहिलो खेलमा दुई विकेट लिनुभएको थियो । करण केसी विकेटविहीन बन्न पुगेपनि अत्याधिक रन खर्चिनुभएको थिएन ।

मलेसियाको ब्याटिंग बिरनदीप सिंह र अहमद फैजमाथि निर्भर रहनेछ । बिरनदीपले नेदरल्याण्ड्स बिरुद्धको खेलमा समेत अद्र्धशतकीय पारी खेलेपनि टोलिलाई जित दिलाउन सक्नुभएन । मलेसियाको बलिंग नेतृत्व पवनदीप सिंह र सज्रुल इद्रुसले गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -