काठमाडौं, ४ बैशाख २०७८ । रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरु माथि भएको सांघातिक हमलाको नेपाली कांग्रेस संसदीय दल घोर निन्दा गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी बिज्ञप्ति जारी गर्दै
शिक्षण संस्थाहरु भनेका ज्ञान आर्जन गर्ने थलो मात्र नभई स्वतन्त्र र निर्भयपूर्वक शिक्षण गर्ने शान्ति क्षेत्र पनि हो । यसरी शान्ति क्षेत्रमा नै हतियार सहित आक्रमण हुनु अत्यन्त दुःखद पक्ष हो । हातियार सहित विद्यार्थीहरु माथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेर बस्नु लज्जास्पद विषय हो । प्रशासनको यो लाचारिता प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गरेको छ ।
अपराधिक मानसिकता भएका हतियारधारी समूहको आक्रमणबाट दिपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते हुनु भएको छ ।
उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गरेको छ ।
साथै, विश्वविद्यालयलाई प्रागिक थलोको रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउन आग्रह गरेको छ ।








































