काठमाडौं, ३ बैशाख २०७७ । काठमाडौं महानगरपालिकाले विद्यार्थी, शिक्षक वा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए एक साता विद्यालय बन्द गर्न आग्रह गरेको छ । बिहिबार बसेको महानगरपालिका प्रमुख स्तरीय बैठकले सो निर्णय गरेको हो ।
‘कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु’ महानगरले सबै विद्यालयलाई लेखेको पत्रमा भनिएको छ ।









































