Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:३२ बिहान
- ADVERTISEMENT -

नेता गगनकुमार थापाले संसदीय समितिको बहुमतबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन आग्रह

प्रकाशित मिति: २०७५ पुस २५, बुधबार

1070
Shares

काठमाडौं, २५ पौष २०७५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संसदीय समितिको बहुमतबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नु भएको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिको खिल्ली उडाउँदै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको हो ।

सत्तारुढ नेकपाले संसदमा भएको शक्तिको दुरुपयोग गरेर नागरिकको ठूलो संघर्षपछि वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति विपरित सो विधेयक संसदीय समितिको बहुमतको बलमा जब्बरजस्ती पारित गर्नु दुर्भाग्यपूर्ण भएको कांग्रेस नेता थापाको प्रतिक्रिया छ ।

बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै नेता थापाले सो विधेयक रोक्न र सच्याउनका लागि आफूहरु संसदको फूल हाउसमा लडाई जारी राख्ने चेतावनी पनि दिनुभयो । ‘त्यहीँ सरकार, जसले वरिष्ठ चिकित्सक केसीसँग सम्झौता ग¥यो, सम्झांैताको पाठ संसदमा पढ्यो’, नेता थापाले भन्नुभयो, ‘अहिले आएर हाँसी–हाँसी त्यसको खिल्ली उडायो ।’

नेता थापाले सत्तारुढ दलका केही व्यापारिक मानिसहरुको स्वार्थमा परेर सरकारले सो विधेयक समितिको बहुमतले पारित गराएको आरोप पनि लगाउनुभयो । उहाँले बहुमतको बलमा पारित गर्ने भए सो विधेयक गोविन्द केसीसँग भएको सम्झौता अनुसार नै पारित गर्ने भनि ‘सम्झौंता किन गरेको’ भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

बुधबार बिहान संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो विधेयक बहुमतले पारित गरेको थियो । सो विधेयकमा नेता थापासहितका कांग्रेसका चारजना सांसदहरुले असहमति जनाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -