Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०८:०६ बिहान
- ADVERTISEMENT -

काठमाडौं र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुर्व्यवहारको घटनाप्रति युनियनको ध्यानाकर्षण

प्रकाशित मिति: २०७८ वैशाख २, बिहीबार

508
Shares

काठमाडौं, २ बैशाख २०७७ । बर्ष २०७७ लाई विदाईसँगै नयाँ बर्ष २०७८को स्वागत गर्दैगर्दा काठमाडौं र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।

नयाँ बर्षको शुरुवातकै दिन बुधवार विहान व्यास ५ चापाघाट तनहुँस्थित नेपाली सेनाको कालीभञ्जन गणका क्याप्टेन विजय थापाले नियमित अभ्यासका क्रममा सडकमा दौडिरहेका सेनाका जवानहरुको दृश्य खिचेको नाममा अन्नपूर्ण मिडिया नेटवर्कका सम्वाददाता तथा तनहुँ टेलिभिजन र दमौली न्यूज डट कमका सम्पादक एवं युनियन तनहुँका सल्लाहकार पवन पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनुका साथै दुव्र्यवहार गरेको घटनाले युनियनलाई अत्यन्त दुःखी बनाएको छ ।

त्यसैगरि भारतीय दूतावास परिसरमा समाचार संकलनको क्रममा नयाँ पत्रिकाकर्मी केदार दाहाललाई प्रहरीले दुर्व्यवहार गरेको छ ।

नो अब्जेक्सन लेटर लिन जम्मा भएका सयौं भारतीयहरुको लैनचौरस्थित भारतीय दूतावासअगाडि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको समाचार संकलनको क्रममा पत्रकार दाहाललाई डिएसपी दीपक खड्काको कमान्डमा रहेका प्रहरी जवानहरूले भिडियो र फोटो खिचेको भन्दै धम्क्याउनुका साथै नक्कली पत्रकार भन्दै पाखुरा र घाँटीमा समाएर लछारपछार पारेको घटनाले युनियन दुखी मात्र भएको छैन यस्ता हर्कतको कडा शब्दमा निन्दा गरेको छ ।

नेपाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहित लोकतन्त्रको अभ्यासमा रहेको नेपालको सुरक्षा निकायलाई पनि जानकारी पक्कै हुनुपर्ने हो । राष्ट्रिय सुरक्षा र सुरक्षा निकायको संवेदनशिलता नेपाली प्रेसले राम्रोसँग बुझेको छ । तर पटकपटक सुरक्षा निकायका अधिकारी र जवानहरुका तर्फबाट रिपोर्टीङका क्रममा खटिएका संचारकर्मीहरुमाथि दुर्व्यवहार तथा हातपात हुनु अशोभनीय मात्र हैन निन्दनीय विषय हो ।

यस्ता घटनाले निरंकुशतालाई बढावा दिने र प्रेस स्वतन्त्रतालाई झनै अंकुशमा पार्ने युनियनको ठहर छ । यस्ता घटना दोहोरिन नदिन र मातहतका अधिकारी र जवानहरुलाई मिडियाप्रतिको व्यवहार सुधार्न प्रष्ट निर्देशन दिन नेपाली सेना र नेपाल प्रहरीको नेतृत्वतहसँग नेपाल प्रेस युनियन माग गर्दछ । मिडिया र सुरक्षा निकायको सम्वन्धनलाई अझ सुमधुर बनाउनेतर्फ सुरक्षा निकायलाई एक प्रेस विज्ञप्तिमार्फत महासचिव अजयबाबु शिवाकोटीले ध्यानाकर्षण गराएका छ्न ।


- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -