काठमाडौँ, नेपाल पत्रकार महासंघको चुनाव विपुल पोखरेलले जित्ने सम्भावना बढेको छ । बुधबार भएको चुनावको शुक्रबारसम्मको मतगणनामा पोखरेलको प्यानलले ४० जिल्लामा अग्रता लिएको छ । केही जिल्लामा विपुल प्यानलका उम्मेद्वार विजयी भएका छन् ।
महासंघको निर्वाचन कार्यसमितिले उपलब्ध गराएको विवरण अनुसार अध्यक्षमा पोखरेलको अग्रता झण्डै दोब्बर छ । अध्यक्षमा पोखरेलले २५ सय मत पाउँदा उनका प्रत्यासी निर्मला शर्माले १४ सय मत पाएकी छन् । यस्तै स्वतन्त्रमा गजेन्द्र बुढाथोकीले ११९ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा विपुल प्यानलबाट रमेश बिष्टले २४ सय मत पाउँदा उनका प्रत्यासी माधव नेपालले १३ सय मत प्राप्त गरेका छ्न । यस्तै महासचिवमा विपुल प्यानलका उम्मेद्वार रोशन पुरीले २२ सय मत पाउँदा उनका प्रत्यासी बालकृष्ण बस्नेतले १४ सय मत पाएका छन् ।
कोषाध्यक्षमा विपुल प्यानलका उम्मेद्वार कलेन्द्र सेजुवालले २१ सय मत पाउँदा उनका प्रत्यासी कृष्ण गिरीले ११ सय मत पाएका छन् ।
७७ वटै जिल्लामा बुधबार भएको चुनावको मतगणना जारी छ ।








































