Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०८:५४ बिहान
- ADVERTISEMENT -

दोस्रो जोखिमबाट आफ्नो नागरिकलाई बचाउन कार्य योजना सार्वजनिक गर्ने तयारी

प्रकाशित मिति: २०७७ चैत २७, शुक्रबार

454
Shares

काठमाडौं, चैत २७ गते । सरकारले कोरोना भाइसर सङ्क्रमणको दोस्रो जोखिमबाट आफ्नो नागरिकलाई बचाउन कार्य योजना सार्वजनिक गर्ने भएको छ । शुक्रबार अपराह्न मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बचाउने कार्य योजना छिट्टै सार्वजनिक गरिने बताउनुभएको हो ।

मन्त्री गुरुङले कस्तो आचारसंहिता, मापदण्ड अपनाउने भन्ने योजना चाँडै सार्वजनिक गर्ने बताउनुभयो । छिमेकी मुलुक भारतलगायतका देशमा कोरोना सङ्क्रमण बढिरहेकोले त्यसको नियन्त्रणमा नेपालमा फेरि सरकारले लकडाउन गर्ने चर्चा चलेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले कोभिडबाट जनतालाई कसरी बचाउने, कसरी सुरक्षित राख्ने भन्नेमा सरकारले सोच राखिरहेको बताउनुभयो ।

‘लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगो लगाउछौं,’ उहाँले भन्नुभयो । पछिल्लो २४ घण्टामा नेपालमा २८८ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । हालसम्म २ लाख ७३ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ । हालसम्म नेपालमा २३ लाख ६ हजार २ सय ४४ पीसीआर परीक्षण भएका छन् ।

त्यस्तै सरकारले राष्ट्रपति चुरे क्षेत्र संरक्षण विकासको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले वन तथा वातावरणको प्रस्तावमा राष्ट्रपति चुरे क्षेत्र संरक्षण विकासको अध्यक्ष पदमा पर्वतका डा. पौडेललाई नियुक्ति गरिएको जानकारी दिनुभयो ।

यसैगरी दोलखामा कमला वली (सिवाकोटी), महोत्तरीका शशीकुमार शर्मा, काठमाडौंका सुमित ढकाल र कपिलवस्तुका भेषराज आर्चायलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -