गोरखा, २१ चैत्र २०७७ । गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सात जना घाइते भएका छन् ।
लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा बिचौरका दुईजनाको मृत्यू भएको उद्धारमा खटिरहेका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए ।
जीप राङरुङको भीरबाट ६० मिटर तल दरौँदी खोलामा खसेको उद्धारमा खटिएका अर्का स्थानीय कुमार गुरुङले बताए ।
घटना बारे जानकारी पाउने बित्तिकै इप्रका जौबारीका इन्स्पेक्टरको कमाण्डमा जौबारी र प्रहरी चौकी बालुवाबाट टोली खटिएका जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।
जीपमा ९ जना युवाहरु मात्र सवार रहेका स्थानीयले बताएका छन् ।








































