Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५३:२३ बिहान
- ADVERTISEMENT -

मेलम्चीको पानी काठमाडौं भित्रिएसंगै भूमण्डलाई पनि सहयोग पुग्ने

प्रकाशित मिति: २०७७ चैत २०, शुक्रबार

459
Shares

काठमाडौं, २० चैत २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौं भित्रिएसंगै भूमण्डलाई पनि सहयोग पुग्ने बताउनुभएको छ ।

भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाका जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभएको हो ।

उहाले जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहनजस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको बताउदै मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको बताउनुभयो । उहाले मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानीले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरै सहज हुने तर्क गनुभयो ।

राष्ट्रपति भण्डारीले प्रजातन्त्र पुनर्स्थापनापछिको तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको बताउदै भट्टराईलाई स्मरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले कसैले पनि जनताको जागेको चेतनालाई रोक्न नसक्ने बताउनुभयो । उहाले नेपालमा कसरी प्रतिगमन भयो भन्दै प्रश्नसमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले केही राजनीतिक दलहरुले प्रतिगमन भयो भन्दै स्यालहुइया मचाएको आरोप लगाउनुभयो । उहाले अवैध बाटोबाट आफु प्रधानमन्त्री बन्दा हुने अनि प्रतिगमन भयो भन्दै जनता अलमल्याएको भन्दै प्रश्न गर्नुभयो । उहाले व्यक्तिगत आकांक्षा परिपूर्ति नहुदा असन्तुष्टि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विकास निर्माणको बाटोलाई कसैले रोक्न नसक्ने बताउदै सरकारलाई अहिले पनि काम गर्न नदिएको ओरोप लगाउनुभयो । उहाले संसदमा बलियाको स्वार्थका लागि तानातान गर्न नहुने बताउदै गोपालप्रसाद रिमालको गीत स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताउदै मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको तर्क गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -