Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:४९ बिहान
- ADVERTISEMENT -

कसरी बढ्यो बायु प्रदूषण ? यस्तो छ कारण

प्रकाशित मिति: २०७७ चैत १८, बुधबार

762
Shares

काठमाडौं, बुधबार, १८ चैत्र २०७७ । तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दर निकै बढेको छ । नेपालमा पनि प्रदुशन निकै बढेको छ । यस्को कारण डढेलो बनेको देखिएको छ ।

यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्यएसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औल्याएका छन ।

त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकमा डढेलोको चाप बढ्दो रहेको छ । डढेलो विज्ञ सुन्दर शर्माका अनुसार अहिले नेपाल र एसियाको मात्र हैन विश्वकै समस्याका रूपमा डढेलो ज्वलन्त विषय बनेर अगाडि आइरहेको छ ।

दक्षिण एसिया पछिल्लो समय डढेलोको हब बनेको छ । विगत २४ घण्टामा दुई सय स्थानमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ । व्यापक रूपमा लागेको डढेलो निभाउन अब नेपालले छिमेकी मुलुकसँग फायर फाइटिङ हेलिकप्टर सहायता माग्नुपर्ने विज्ञ सुन्दर शर्मा बताउनुहुन्छ । नेपालको धनका रूपमा रहेको ४५ प्रतिशत भूभागको वन जोगाउनका लागि समयमै यस्ता सहयोगको पहल नगरेको अवस्थामा आउँदा दिनमा डढेलोले प्रकोपको रूप लिन सक्ने उहाँ बताउनुहुन्छ । डढेलो बढी हुने सिजन अझै सुरु भएको छैन ।

वैशाखदेखि यो झन् चर्को र भयावह हुनसक्छ । बृहत् रूपमा लागेको आगो मानवीय प्रयासले मात्र नियन्त्रण गर्न सम्भव हुन्न । क्यानडा र अस्ट्रेलियामा डढेलो लाग्दा अमेरिकाको फायर फाइटिङ विमानले आगो निभाउन सघाएको थियो । विश्वव्यापी सहकार्यले नै यस्ता खालको विपत्बाट बच्न सकिने शर्मा सुनाउनुहुन्छ । दक्षिण एसियामा डढेलोलगायतका विपत्बाट जोगिनका लागि विभिन्न मुलुकले सामूहिक कदम चाल्ने अभ्यास भने निकै कम छ ।

देशगत र विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सामूहिक हातेमालो गर्ने प्रक्रिया सबै मुलुकले सुरु गर्नुपर्नेमा उहाँको जोड छ । शर्मा सुझाउनुहुन्छ, “कुनै मुलुकसँग स्रोत साधन पर्याप्त होला, कुनैसँग पैसा पर्याप्त होला त्यसैले जोसँग जे छ, त्यो नै एकअर्कासँग बाँडेर सघाउन सकिन्छ ।” नेपालसँग भएको जनशक्तिलाई उपकरणयुक्त, प्रशिक्षणयुक्त र सशक्तीकरणयुक्त बनाउन छिमेकी मुलुकसँगको सहकार्यले सघाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सिङ्गो एसिया र अफ्रिकाको भूभाग आगोमा जलिरहेको अवस्थामा नेपाल र अन्य देशले एकल प्रयासले आफ्नो देशको आगो निभाउने असफल प्रयास गर्नुभन्दा संयुक्त प्रयासमा अगाडि बढ्नु सुझबुझपूर्ण हुने शर्माले बताउनुभयो । नेपाल सरकारको तर्फबाट के कसरी अगाडि बढ्न सकिन्छ भनेर उहाँ आगो निभाउने रणनीति निर्माणमा लाग्नुभएको छ । जसका लागि वन विभाग, राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त विज्ञका रूपमा शर्मालाई नियुक्त गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकका अनुसार नेपालका धेरै सामुदायिक वनमा लागेको डढेलो निभाउन मानवीय स्रोत नै प्रमुख रूपमा प्रयोग गरिएको छ । बाल्टिनले पानी खन्याउने, बोरा भिजाएर आगोमा हान्ने, बालुवा फ्याँक्ने, केराको सुप्ला र चिसो बुट्यानले आगोमा हातले हिर्काउने विधि डढेलो नियन्त्रणमा प्रयोग गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -