काठमाडौं । नेपालले थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्धको खेलको लागि नेपालले आफ्नो सुरुवाती ११ सार्वजनिक गरेको छ ।
नेपालको प्लेइङ सेट
गोलरक्षक : किरणकुमार चेम्जोङ
डिफेन्डर :रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर : त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल
फर्वार्ड : अन्जन विष्ट









































