Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:२१ बिहान
- ADVERTISEMENT -

भारतीय जेलमा चार दशक गुजारेर घर फर्किएका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

प्रकाशित मिति: २०७७ चैत १२, बिहीबार

636
Shares

काठमाडौं चैत १२- चार दशकसम्म भारतीय जेलमा रहेर हालै घर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

उनलाई जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना उल्लेख छ ।

माई नगरपालिका वडा नम्बर १० को सिफारिस पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसाद तिम्सिनाको नाममा नागरिकता प्रमाणपत्र प्रदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताए ।

नागरिकतामा उनको जन्मस्थान एकतप्पा गाविस, बाबुको नाम चम्फाखर तिम्सिना र आमा धनमाया तिम्सिना उल्लेख छ ।

नागरिकताका लागि बुधबार वडा कार्यालयले सिफारिस पठाएको माई नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मनबहादुर बस्नेतले बताए ।

‘हामीले नाता प्रमाणित लगायतका प्रक्रियाहरु पूरा गरेर बुधबार नै सिफारिसपत्र तयार पारिदियौँ,’ उनले भने, ‘बिहीबार बिहानै उहाँहरु जिल्ला प्रशासन कार्यालय जानुभएको हो ।’

नागरिकता विना सरकारी सेवा–सुविधाबाट वञ्चित हुने अवस्था देखिएको र अन्य आवश्यक कानुनी प्रक्रियाहरु पनि पूरा गर्नुपर्ने भएकाले आफूहरुले दुर्गाप्रसादको नागरिकता बनाउन सिफारिस गरी पठाएको उनले बताए ।

दुर्गाप्रसाद भारतीय जेलमा दीपक जैसीका नामबाट चार दशकसम्म बन्दी बनेका थिए । अदालतको आदेश अनुसार उनी हालै जेलमुक्त भएर स्वदेश फर्किएका हुन् ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -