काठमाडौं, मंगलबार, १० चैत्र २०७७ । कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ ।
आज सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।
भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमामा कडाई गर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउन, अनावश्यक भीडभाड बन्द गराउन निर्देशन दिइएको प्रवक्ता बुढाले बताउनु भएको हो ।
त्यस्तै क्वारेन्टाइनदेखि आइसोलेसनसम्म तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ ।








































