इलाम, आइतबार, ८ चैत्र २०७७ । इलाममा जारी दोस्रो आमन्त्रण खुल्ला भलिबल खेलको उपाधि नेपाली सेनाको बिभागीय टिम नेपाल आर्मीले हात पारेको छ आइतबार इलामको टुँडीखेलमा भएको उक्त खेलमा ३ २ को सेटमा बिमान ट्रेडस झापालाई पराजीत गर्दे उपाधि हात पारेको हात पारेको हो ।

बिमान ट्रेडस झापाले लगातार १७ –२५ र २२– २५ ले दुई सेट जिते पनि पछिल्लो ३ सेट आर्मीले लगातार १८ – २५ २२– २५ र १२– १५ ले लगातार बिजय गर्दे बिमान लाई निरास बनाइ बिजय हात पारेको हो अधिकाँश दर्शकहरु बिमानले उत्त खेलमा बिजय
हाँसील गर्छ भन्ने आशँकालाइ चिर्दे नेपाल आर्मीले चकित रुपमा खेल जित हात पारेको हो ।
बिजेता टिम नेपाल आर्मीलाइ कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले नगद रु दुइलाख मेडल ट्रफी दिएका थिए उक्त कार्यक्रममा नेता खडका लाइ इलाम नगर प्रमुख महेश बस्नेतले आयोजक समितिको तर्फबाट सम्मान गरेका थिए ।

तिनवटा बिभागीय टिम टिमख्याती प्राप्त गण्डकी प्रदेश र झापाका दुइ टिम सहित जम्मा सातवटा सहभागीता रहेको थियो झापाबाट सहभागी हुने अधिकाँश खेलाडी छिमेकी मुलुक भारतबाट खेल्ने राष्ट्रिय खेलाडी थिए ।
देशमै हाल सम्मको ठुलो आयोजना रहेको भलिबल खेल पहिलो पटक इलाममा सम्पन्न भएको आयोजक समितिका प्रकाश दुलालले बताए उक्त आयोजना जिल्ला भलिबल संघको आयोजनमा सम्पनन भएको हो ।









































