काठमाडौं, आइतबार, ८ चैत्र २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३६ हजार ५ सय २६ पुगेको छ।
पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ।








































