Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३२:१५ बिहान
- ADVERTISEMENT -

‘बिश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव’

प्रकाशित मिति: २०७७ चैत ७, शनिबार

457
Shares

संयुक्त राष्ट्रसंघ, शनिबार, ७ चैत्र २०७७ । बिश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (यूनिसेफ)ले बिहीबार सार्बजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

विश्वव्यापी प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ । युनिसेफको पछिल्लो रिपोर्ट अनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीहरूले उच्च वा अत्यधिक उच्च पानीको अभावको सामना गरिरहेका पाइएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकामा त्यस्ता क्षेत्रहरूमा बस्ने बच्चाहरूको अनुपात सबैभन्दा बढी छ अर्थात् पानीको अभाव सामना गरिरहेका बालबालिकामध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत बालबालिका छन्, जसले दिनहुँ पर्याप्त पानीको पहुँचका लागि कठिनाइको सामना गरिरहेका छन् । यसपछि पश्चिम र मध्य अफ्रिकामा ३१ प्रतिशत, दक्षिण एशियामा २५ प्रतिशत र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको छ ।

दक्षिण एसियामा कूल १५ करोड ५० लाख बालबालिका अर्थात् विश्वमा अन्य षेत्रको तुलनामा बढी बालबालिका पानीको अभाबबीच बाँचिरहेका तथ्याङ्क रहेको छ ।

यूनिसेफले पानीको अभाब झेलिरहेका मुलुकहरूमध्ये अफगानिस्तान, बुर्किना फासो, इथियोपिया, हैटी, केन्या, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुआ न्यूगिनी, सुडान, तान्जानिया र यमनलगायतका ३७ मुलुकलाई समस्याग्रस्त मुलुकको अग्रस्थानमा राखेको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरद्वारा जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, “विश्वको पानी सङ््कट यत्तिकै आएको होइन यसलाई जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको छ ।”

फोरले भने, “पानीको अभावका कारण सबैभन्दा बढी प्रभावित बालबालिकाहरू रहेको देखिएको छ । इनारहरू जब सुख्खा हुन्छन् बालबालिकाहरू विद्यालय छोडेर पानी बोक्न धाउन सक्छन् । खडेरीले खाद्यान्न आपूर्तिमा कमी भएपछि बच्चाहरू कुपोषण र शारीरिक वृद्धिमा प्रभाव पर्दछ । जब बाढी आउँछ उनीहरू नै पानीजन्य बिरामीहरूबाट बिरामी पर्दछन् र जब पानीको स्रोतको अभाव हुन्छ यसको प्रभावबच्चाहरूले रोगहरूविरुद्ध लड्न आफ्नो हात धुनसमेत पाउँदैनन् ।”

नयाँ रिपोर्ट युनिसेफको ‘सबैका लागि पानी सुरक्षा’ पहलको एक हिस्सा हो र प्रत्येक बालबालिकालाई दीगो तथा पानीको सेवामा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्न पहल हो ।

“हामीले अहिले नै पानीको समस्यालाई सम्बोधन गर्नुपर्छ र यसलाई अझ खराब हुनबाट रोक्नको लागि पहल गर्नुपर्छ र यसको समाधान जलबायु परिवर्तनका स्रोतहरूलाई रोकेर यस ग्रहमा भविष्यका ताराहरूलाई पानीको अभावबाट कम प्रभावित बन्ने अवस्था सिर्जना गर्नु नै आजको आवश्यकता हो,” उनले भने । सिन्ह्वा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -