Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:४१ बिहान
- ADVERTISEMENT -

आखिर कसरी चल्छ यो देश ?

प्रकाशित मिति: २०७७ चैत ५, बिहीबार

952
Shares

दिवश राज पौडेल

काठमाडौं, बिहिबार, ५ चैत्र २०७७ । हरेक दिन जस्तै गरी साँझको ८ बजनै लाग्दा नेपाल खबर सुन्छु भनेर विस्तारमा पल्टिएको थिए । एकैछिनमा यतिबेला साँझको ८ बज्यो भन्दै खबरको धुन बज्न थाल्यो । त्यो धुन सुन्ना साथ मनमा एउटा प्रश्न उत्पन्न भयो आखिर कसरी चल्छ यो देश ? यत्तिकैमा मुख्य खबर सुरु भयो ।

“प्रधानमन्त्री ओलि र माधव नेपाल विचको तिक्तता झनै पेचिलो बन्दै”
“प्रचण्ड र जसपा नेता विच सत्ता समीकरणको बाटो खोज्ने सहमति”
“नेपाली काँग्रेस भित्रै सत्ता समीकरणका विषयमा दुइ धार”
यति सुन्ने पछि दिक्क लाग्यो र मोबाइलबाट एरफोन झिकेर कुना तिर मिल्कादिए । दिक्क नलागोस पनि कसरी यहि सत्ता समीकरण, पार्टी विवाद, सहमति असहमति जस्ता खबरहरु सुन्दै मेरो जीवनको एक चौथाई भाग सकिसकेको छ। अनि त्यही प्रश्नको उत्तर खोज्दै सोंच्न थाले ?

हामी व्यवहारिक शिक्षाको माग गरिरहँदा मैल पढेको र व्यवहारमा देखेको राजनीतिमा किन यति धेरै फरक ? के मैले पढेको “देश र जनताको हक र हितका लागि उनीहरु माथी गरिने वा बनाइने शासन वा निति नै राजनीति हो ” भन्ने गलत व्याख्या हो त ? यदि होइन भने मैले हरेक दिन आँखा खुल्ना साथ सुन्ने कायकैरणमा जनताको हितको निमित्त वैठक बस्यो भनेर किन भन्दैन ? कि समाचार सम्पादकहरुले यस्ताकुरालाई समय नदिएका हुन त ? यो मेरो व्यक्तिगत प्रश्न हुँदै होइन । मेरो हजुरबुबा जिन्दगी बुझेर संसार छोडेर जाने बेला सम्म नेपाली राजनीतिको वास्तविक अर्थ बुझ्न गर्नु सक्नु भएन । मेरो विचारसँग असहमत हुने थुप्रै ठाउँ होलान तर एक पटक छातिमा हात राखेर भन्नुहोस त तपाईं अनि मैले बनाएका प्रतिनिधिहरुको केन्द्रिय कमिटी ,स्थाइ कमिटी , मन्त्री परिषद या आरु कुनै पनि वैठको मुख्य एजेन्डा जनताका समस्य भन्ने देख्नु भएको छ ?

एकजना मान्य ज्युको भनाइ याद आयो नाम उल्लेख नगरौं ” म पहिलो संविधान सभादेखी निरन्तर संसद छु र पार्टी, सरकार हुँदै प्रतिपक्ष लगायतका हरेका तत्कामा बस्ने अवसर मिल्यो , धेरै वैठकहरुमा समेल भए तर आज सम्म सत्ता र शक्ति बाहेका विषयमा छलफल भएको मेरो मस्तिष्कलाई याद छैन” त्यसो भए यो देश चल्छ चाहिँ कसरी ?

यथार्थमा यहाँ देश चलेकै छैन चलेको छ त केवल राजनीति, एक वर्षमा ४ वटा पुल बन्छ ४-५ किमि बाटो बाटो बन्छ अझ धेरै भयो भने २-४ वटा सार्वजनिक सौचालय भन्छ अनि केहि नपाए पछि त्यही कुरालाई आफ्नो पालामा भएको प्रगति भन्न भ्यउँछन र उद्घाटन गर्दै हिँड्न भ्याइनभ्याई हुन्छ । २-३ वटा शौचालय बनाउन र उद्घाटन कै प्र.म बनाएका हुन त जनताले ? एक जान वरिष्ठ पत्रकार प्रेम बानियाले भनेको याद आयो “२६ वर्ष अगाडि पनि एक दर्जन कै दबददा थियो आहिले पनि तिनै एक दर्जनको हालिबुहाली छ”

यो देशको स्थिती फर्ने बेल्चाहरु आजसम्म कसैले चलाएकै छैन चलाएको छ त सत्ता र शक्तिका कुर्सीहरु , त्यसैले कहिले काँही यस्ता व्यस्त नेतृत्वहरुलाई हेर्छु अनि सोंच्छु साँच्चै ! भगवानले नै चालाएका छन यो देश ?

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -