काठमाडौँ, बिहिबार, ५ चैत्र २०७७ । अन्नपूर्ण पोस्ट दैनिकका २८ जना श्रमजीवी पत्रकारले सामूहिक राजीनामा दिएका छन् ।
२०७८ देखि वैशाख ३ गते लागू हुनेगरी पोष्टमा कार्यरत २८ जना पत्रकारहरुले सामूहिक राजीनमा दिएका हुन् । १ वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले मंगलबार राजीनामा दिएका छन् ।
पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, कृष्णप्रसाद रिमालसहित २८ जनाले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् । उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् ।
पत्रिका बन्द हुने भन्दै सम्पादक अखण्ड भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले राजीनामा दिन दबाब दिएको पत्रकारहरुको राजीनामा पत्रमा भनिएको छ ।
पत्रकारहरुले आफूले पाउने सम्पूर्ण सुविधा उपलब्ध गराइदिन अनुरोधसमेत गरेका छन् ।
पत्रिका बन्द हुने विषयमा कम्पनीका अध्यक्ष क्पाप्टेन रामेश्वर थापाले पत्रकारहरुलाई सम्बोधन गर्ने आश्वासन सम्पादक भण्डारीले दिएपनि अहिलेसम्म त्यो हुन नसकेकाले राजीनामा दिएको पत्रकारहरुले दिएको राजीनामा पत्रका उल्लेख छ ।










































