Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
४:३७:२९ दिउँसो
- ADVERTISEMENT -

चिडियाखाना ब्यवस्थापन सरकारबाट आवश्यक सहयोग हुन्छ : मन्त्री बस्नेत

प्रकाशित मिति: २०७५ पुस १५, आइतबार

891
Shares

काठमाडौँ, १५ पौष २०७५ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ललितपुरस्थित सदर चिडियाखानाको संरक्षण तथा ब्यवस्थापनमा मन्त्रालयबाट आवश्यक हुने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालित उक्त चिडियाखाना २३ वर्ष पुगेको उपलक्ष्यमा आज आयोजित वार्षिकोत्सव समारोहमा उहाँले संरक्षण क्षेत्रमा सदर चिडियाखानाले गरेको योगदानको प्रशंसा गर्दै अझै क्षमता बढाउन सरकारको सहयोग रहने बताउनुभयो ।

मन्त्री बस्नेतले सानो क्षेत्रमा पनि धेरै वन्यजन्तु संरक्षण गर्न सकेको उल्लेख गर्दै यस्तै गतिविधिका कारण नेपाल संरक्षण क्षेत्रमा अग्रणी बनेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले चिडियाखानाको व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । सरकारले सातै प्रदेशमा प्राणी उद्यान बनाउने योजना अघि सारेको जानकारी दिँदै उहाँले यसलाई स्रोत केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

फ्रेन्डस् अफ जु शिक्षक समितिका अध्यक्ष भक्तिप्रसाद घिमिरेले संरक्षण शिक्षा र जनचेतनामा चिडियाखानाले गरेको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम निर्देशक सरिता ज्ञवालीले चिडियाखानाको स्थापनादेखि हालसम्मको गतिविधिका बारेमा जानकारी गराउनुभयो ।

चिडियाखानाका कार्यक्रम व्यवस्थापक डा चिरञ्जीवी पोखरेलले छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउँदै लगिने जानकारी दिनुभयो ।

समारोहमा तेइसौँ वार्षिकोत्सवका अवसरमा आयोजित फुटबल, लघुकथा वाचन प्रतियोगिता, डोरी तान्ने प्रतियोगितालगायत विभिन्न खेलाका विजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण गरियो ।

चिडियाखानामा १२५ प्रजातिका एक हजार १०० जन्तु, चराचुरुङ्गी, घस्रने जनवर, माछालगायत राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -