काठमाडौँ, मंगलबार, २५ फागुन २०७७ । दैलेखकी आठबीस नगरपालिका–३, निमायलीकी एक महिला आफ्ना चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी छन् ।
सोमबार ३५ वर्षीया सुकी बडुवाल आफ्ना ३ छोरी र एक छो।ा लिएर कर्णाली नदीमा हाम फालेकी हुन् । घरायसी विवाद हुँदा सुकी छोरीहरु १४ वर्षीया कल्पना बडुवाल, १२ वर्षीया सरिता बडुवाल, पाँच वर्षीया रजनी बडुवाल र १० वर्षीय छोरा ललित बडुवाललाई लिएर घरबाट निस्केकी थिइन् ।
प्रहरी स्रोतका अनुसार सोमबार साँझ कल्पना र सरिताको शब अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ । आमासहित एक छोरा र एक छोरी भने अझै वेपत्ता छन् । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।
हाल सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








































