Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०१:१८ बिहान
- ADVERTISEMENT -

सर्वोच्च अदालतको फैसलालाई कसैले अवज्ञा गर्न मिल्दैन–कानुन व्यवसायीहरु

प्रकाशित मिति: २०७७ फागुन २४, सोमबार

484
Shares

काठमाडौँ, सोमबार, २४ फागुन २०७७ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलको नेतृत्वको पार्टीलाई दिएपछि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयनमा जोड दिएका छन् ।

आइतबार सवोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको छ भने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरिदिएको छ । यसले राजनीतिक वृत्तमा तरंग नै ल्याएको छ । सर्वोच्च अदालतको यस फैसलालाई कानुन व्यवसायीहरुले स्वभाविक मान्दै यसको कार्यान्वयनमा जोड दिएका छन् । अधिवक्ता राजाराम घिमिरेले ओली नेतृत्वको नेकपा (एमाले) र प्रचण्ड नेतृत्वको नेकपा(माओवादी केन्द्र)लाई पूर्ववत् अवस्थामा फर्काइदिएको बताउनुभयो । सर्वोच्च अदालतको फैसलालाई कसैले अवज्ञा गर्न नमिल्ने उहाँको भनाई छ ।

अधिवक्ता राधिका खतिवडाले सर्वोच्च अदालतको फैसला मान्दिन भन्न नमिल्ने बताउनुभयो । सर्वोच्चको फैसलाले ओली र प्रचण्ड नेतृत्वको नेकपाको वैधानिकता समाप्त भएको उहाँको भनाई छ । फैसलाले पुरानै वैधानिक हैसियत अनुसार काम गर्न दलहरुलाई ब्युझाएको उहाँले बताउनुभयो ।

अधिवक्ता विरभद्र जोशीले पूर्ववत् अवस्थामा फर्किएकाले दुई दल एक हुन चाहे नयाँ नाम लिएर निर्वाचन आयोगमा दर्ता गर्न सक्ने बताउनुभयो । अब नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) संवैधानिक हैसियतमा आएको उहाँको धारणा छ ।

अधिवक्ता नवराज पाण्डेले ऋषि कट्टेलले न्याय पाएको बताउनुभयो । एकिकरण गर्न चाहे पुनः नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) को हैसियतमा निर्वाचन आयोगमा गएर नयाँ नाममा दर्ता गर्न खुल्ला गरिएको उहाँको भनाई छ ।

सर्वोच्च बारका केन्द्रीय कार्यसमिति सदस्य विकास भट्टराई सर्वोच्चको फैसलाले राजनीतिक रुपमा अन्योलता सिर्जना गरेको बताउनुहुन्छ । सरकारको वैधानिकता र मन्त्रीहरुको वैधानिकता माथि प्रश्न उठेको पनि उहाँको भनाई छ ।

सर्वोच्च अदालतकोे यस फैसलालाई केपी शर्मा ओली पक्षले स्वागत गरेका छन् भने पुष्पकमल दाहाल प्रचण्ड पक्षिय नेताहरुले अनपेक्षित भनेर प्रारम्भिक टिप्पणी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -