काठमाडौँ, शनिबार, २२ फागुन २०७७ । शहिद यादवनाथ ‘आलोक’ स्मृति फुटसल प्रतियोगीता समापन भएको छ । उक्त प्रतियोगिता फागुन २० गतेदेखि २२ गतेसम्म संचालन भएको थियो । नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले संचालन गरेको प्रतियोगिताको आज शनिबार भएको फाईनल खेलमा वडा नं ४ ले ट्राइबेकर मा ३-२ गोलको अन्तरले जित हासिल गरेको छ ।

फाईनल खेलमा वडा नं ४ ले वडा १ माथि ३-२ गोल अन्तरको जित हासिल गरेका हुन ।
फागुन २० गतेदेखि संचालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षत्रीले बताउनु भयो ।
प्रतियोगिताको उपाधि विजेतालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाणले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गर्नु भयो।

विधागत रुपमा समेत सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता वाड १ का अतीत राना उत्कृष्ट पुरस्कृत भएका थिए । यसैबिच शनिबार पत्रकार र आयोजक बिच मैत्रीपुर्ण प्रतियोगिता भएको थियो ।









































