Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:१०:२० बिहान
- ADVERTISEMENT -

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर र तनहुँ विजयी

प्रकाशित मिति: २०७७ फागुन २१, शुक्रबार

497
Shares

पोखरा, शुक्रबार, २१ फागुन २०७७ । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लव टी–२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा जनकपुर र प्यालिकेण्टस क्रिकेट क्लव तनहुँ विजयी भएका छन् ।

पहिलो खेलमा तनुहँले मिक्समाण्डु क्रिकेट क्लवमाथि १ विकेटले जित हाँसिल ग¥यो । पहिला व्याटिङ गरेको मिक्समाण्डुले पुरा २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । तनहुँले १९.४ ओभरमा ९ विकेट गुमाउँदै जित हाँसिल गरेको हो । मिक्समाण्डुको तर्फबाट रिजन थापाले २३, रुपेश श्रीवास्तवले १९ रन बनाएका थिए । तनुहँको जितमा विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच दिपक डुम्रेले ४७ रन बनाए । सनम बुढाथोकीले पनि २३ रन जोडे । मिक्समाण्डुका बलर रिजन ढकाले ४ तथा उज्वल श्रीवास्तव र उज्वल थापाले २÷२ विकेट लिए । तनुहँका चन्द्रकान्त पौडेलले ३ र विज्ञान गौतमले २ विकेट लिएका थिए ।

अर्को खेलमा जनकपुर क्रिकेट क्लवले बाग्लुङ्ग क्रिकेट क्लवलाई १९ रनले पराजित ग¥यो । पहिला व्याटिङ्ग गरेको जनकपुरले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १७ रनको योगफल तयार पारेको थियो । जनकपुरका विशाल सुस्लिङले ३८ तथा सुब्दीन चौधरीले २० रन जोडे । बाग्लुङ्गको बलिङ्गतर्फ कुशल खड्का, सन्दिप पन्त र अभिषेक थापाले समान २÷२ विकेट बाँडे ।

बाग्लुङको ब्याटिङ राम्रो हुन सकेन । उसले पुरा २० ओभर खेले पनि ९ विकेटको क्षतिमा मात्रै ९८ रन बनाउन सक्यो । बाग्लुङका अभिषेक थापाले ३३ तथा लक्की सापकोटाले १४ रन बनाए । खेलमा म्यान अफ द म्याच भएका जनकपुरका शोभाकान्त पाण्डेले ४ विकेट लिए भने राहुल प्रसाप सिंहले २ विकेट लिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -