Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
१:१५:१६ राति
- ADVERTISEMENT -

संघ, प्रदेश र स्थानीय तहमा रहने संगठन संरचना र दरबन्दी स्वीकृत

प्रकाशित मिति: २०७५ पुस ११, बुधबार

4325
Shares

काठमाडौं, ११ पौष २०७५ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहने संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो ।

तीनै तहमा संगठन संरचना र दरबन्दी स्वीकृत गरेसँगै सरकारले बुधबार नै कर्मचारी समायोजनका लागि सूचना प्रकाशन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ दिनको समय दिएर कर्मचारीलाई समायोजन फाराम भर्ने सूचना निकाल्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । कर्मचारीहरू अब समायोजन प्रक्रियामा सहभागी हुनुपर्नेछ ।

सरकारले समायोजनको सूचना प्रकाशन गरेसँगै कर्मचारी समायोजनको औपचारिक कार्य बुधबारदेखि नै सुरु हुने मन्त्रालयले जनाएको छ । कर्मचारी समायोजन अध्यादेश २०७५ मा तीनै तहको संगठन संरचना र कर्मचारी दरबन्दीको अन्तिम टुंगो लगाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको नेतृत्वमा संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण समितिको व्यवस्था गरिएको थियो । सो समितिले विगत एक साताको अवधिमा संघ, प्रदेश र स्थानीय तहको नयाँ संगठन संरचना र कर्मचारी दरबन्दीको टुंगो लगाएर सरकारसमक्ष पठाएको थियो ।

मन्त्रालयले सबै कर्मचारीको विवरण राष्ट्रिय किताबखानामा अद्यावधिक गराइसकिएको जानकारी दिएको छ । यसअघि सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी निर्धारण गरिसकेको थियो । अहिले गठन भएको ओ एन्ड एम कमिटीले पुरानै संगठन संरचना र दरबन्दीलाई आधार मानेर नयाँ संगठन संरचना र दरबन्दी निर्धारण गरेको हो । जसअनुसार प्रदेश र स्थानीय तहका पदलाई श्रेणीगतबाट तहगत रूपमा लगिएको छ । मन्त्रालयका अनुसार नयाँ संगठन संरचना र दरबन्दीमा स्थानीय तहको दरबन्दी ५७ हजारबाट बढाएर ६८ हजार बनाइएको छ भने संघको ४६ हजार र प्रदेशको २२ हजार बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -