काठमाडौँ, सोमबार, १७ फागुन २०७७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ ।
आज बिहानै मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनु भएको हो ।
उहाँले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई आग्रह गर्नु भएको छ भने कोरोना नियन्त्रणका लागि खटिएका डाक्टर तथा वैज्ञानिकको प्रशंसा पनि गर्नु भएको छ ।









































