काठमाडौं, शुक्रबार, १४ फागुन २०७७ । बृहत् नागरिक आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, नेवास् देय् दबूदगायतले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रर्दशनमा ‘सुकुम्बासीलाई आदिवासी बनाउन पाइँदैन’,’कानुनी राज्यको प्रत्याभूत गर’, ‘सर्वोच्च आदेशको पालना गर’, ‘बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरूलाई सोही स्थानमा पुनर्स्थापना गर’ लगायतका नारा लगाएका छन् ।








































