Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४५:०५ बिहान
- ADVERTISEMENT -

बेन्जेमा अझै मैदान बाहिर

प्रकाशित मिति: २०७७ फागुन १२, बुधबार

523
Shares

काठमाडौँ, १२ फागुन २०७७ । रियल म्याड्रिड यति बेला लयमा छ । ला लिगामा शनिबार रियलले रियल भालाडोलिडलाई १–० ले हराउँदै शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक अन्तरलाई घटाएको थियो । एट्लेटिको सोही दिन लेभान्तेसँग पराजित भएको थियो ।

रियल लयमा भएपनि टोलीका मुख्य स्ट्राइकर करिम बेन्जेमाले एट्लान्टाविरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग गुमाउने भएका छन् । चोटग्रस्त खेलाडीको सुची लामो भएपछि जिनेजिन जिदान पहिलो टोलीका ९ खेलाडी विना इटाली भ्रमणमा निस्कदैछन् ।

जिदानको टोली घरेलु मैदानमा हुने दोस्रो लेगमा आफ्नो पक्षमा नतिजा निकाल्ने लक्ष्यका साथ इटाली पुग्नेछ । बेन्जेमा टोलीका साथमा नहुनु भएको जारी सिजनमा १७ गोल गरिसकेका फरवार्ड टोलीका साथमा रहने छैनन् ।

टोलीका लागि उनले मात्र ३४ प्रतिशत गोल गरेका छन् । रियलका साथमा सर्जियो रामोस, इडन हाजार्ड, फेडे भाल्भार्डे र रोड्रिगो गोस हुने छैनन् । यी सबै खेलाडीले कम्तीमा यो सिजन १ गोल गरेका छन् । अर्को शब्दमा भन्दा यो सिजन समग्रमा २३ गोल गर्ने खेलाडी यसपटक इटाली भ्रमणमा हुने छैनन् ।

एट्लान्टाविरुद्ध घोषित टोलीमा सर्वाधिक गोलकर्ताका रुपमा कासिमेरो रहेका छन् । जसले यो सिजन ६ गोल गरेका छन् । लुका मोड्रिच र भिनिकस जुनियरले समान ३ गोल गरेका छन् । हामीले खेलका लागि राम्रो तयारी गरेका छौं, जिदानले भनेका छन् । बेन्जेमा एट्लान्टाको खेलका लागि तयार नहुनेमा जिदान सचेत थिए ।

यद्दपी छिट्टै मैदान फर्कनका लागि बेन्जेमाले आफ्नो तर्फबाट प्रयास गरेका थिए । तर उनी फर्कने तत्कालका लागि सम्भावना रहेन । भालाडोलिडविरुद्ध निकालेको जस्तै कम्तीमा साँघुरो जितका साथ टोली इटालीबाट फर्कने प्रयासमा हुनेछ ।

रामोस र मारियो डिएजको अनुपस्थितिमा लुकास भाज्क्वेजले आफ्नो नियमित पोजिसन छाडेर खेल्नु परेको थियो । जसलाई टोलीले बेच्ने प्रयास गरेको थियो । बेन्जेमाको अनुपस्थितिमा जिदानले दोस्रो रोजाईका खेलाडीका साथ इस्कोलाई समेटेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -