Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:३६ बिहान
- ADVERTISEMENT -

जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक

प्रकाशित मिति: २०७५ पुस ६, शुक्रबार

1132
Shares

जापान ६ पौष २०७५ । जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ ।

जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्य शक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र स्टिल्थ लडाकु विमान खरिद गर्न लागेपछि रक्षा बजेटमा वृद्धि भएको हो ।

अप्रिल २०१९ मा शुरु हुने नयाँ बजेटमा कुल ९१२ अर्ब डलरको वार्षिक बजेटकै एक हिस्सा हो । यो बजेटलाई प्रधानमन्त्री सिन्जो आबेको मन्त्रिपरिषदले शुक्रबार अनुमोदन गरेको छ ।

रक्षा मन्त्रालयका अधिकारीहरूले प्रतिरक्षा बजेट ४७ अर्ब डलर पुगेको जानकारी दिएका छन् । जापानमा पाँच वर्षदेखि रक्षा बजेट लगातार वृद्धि भइरहेको छ ।

रक्षा अधिकारीहरूका अनुसार जापानले अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्नेछ जसमा ६ वटा एफ–३५ ए स्टिल्थ लडाकु विमानका साथै सामुद्रिक विशाल जहाजहरू रहेका छन् । जापान हालै नयाँ पाँचवर्षे प्रतिरक्षा योजना सार्वजनिक गरेको छ । त्यही योजनाबमोजिम हातहतियार खरिदका लागि बजेट छुट्याइएको हो ।

प्रधानमन्त्री सिन्जो आबेले जापानको सैन्य क्षमता सुदृढ गर्ने योजनामा निरन्तर लगानी गरिरहेका छन् । मार्च २०२४ सम्मको यस पाँचवर्षे योजनाअन्तर्गत जापानले आफ्ना दुईवटा हेलिकोप्टर क्यारिअरलाई अद्यावधिक गर्नेछ ।

एसिया प्रशान्त क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै प्रधानमन्त्री आबेले रक्षा बजेटमा वृद्धि गर्नुको विकल्प नरहेको बताए । तर, आबेको उक्त कदमको जापानभित्रै पनि विरोध भइरहेको छ ।

दोस्रो विश्वयुद्धपश्चात् भएको सहमतिविपरीत जापानले आफ्नो सैन्य क्षमता बढाएको भन्दै चीनले आपत्ति जनाएको छ । जापानले आफ्नो प्रतिरक्षा नीतिमा मात्र ध्यान केन्द्रित गर्न चीनले आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा पनि जापानले अमेरिकी हतियार खरिद गर्नुपरेको बताइन्छ । अमेरिकाले जापानसँगको व्यापार घाटा ज्यादै बढी भएको गुनासो गरिआएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -