काठमाडौँ, मंगलबार, ११ फागुन २०७७ । नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईले भ्रष्टाचार सिमलको रूख जत्रो भनी टिप्पणी गरेका छन् ।
आज सामाजिक संजालमा उक्त टिप्पणी गर्नु भएको हो । उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नु हुन्छ ।
बैदेशिक हस्तक्षेप सेना निर्बलियो बनाउनाले हो । १३ महिनामा तिब्बतका फ़ोर्टहरू ढाल्यौ । चाईनिज एम्पेरेरलाई परास्त गर्यौ र भारतको बिद्रोहीले संचालन गरेको Mutiny म्युटिनि युद्ध ४९ दिनमै परास्त गर्यौ तर हिजोको तथाकथित युद्धसंग राज्यले सौदा गर्नु पर्यो ।
आज भ्रष्टाचार सिमलको रूख जत्रो अजंगको छ र कलिका जराहरू थपिएको छ यो ! गाउँ तहसम्म छ यसको अन्त्य नजिक छ ।









































