Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:४८ बिहान
- ADVERTISEMENT -

एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकियो

प्रकाशित मिति: २०७७ फागुन ७, शुक्रबार

483
Shares

काठमाडौं,  शुक्रबार, ७ फागुन २०७७ ।  प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको बहस सकिएको छ। शुक्रबार एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकिएको हो । 

इजलासले सहभागी अधिवक्ताहरुलाई आउँदो १० गतेसम्म बहस नोट उपलब्ध गराउन भनेको छ। ११ गते अर्को पेशी तोकिएको छ । मुद्दामाथि ११ गते फैसला हुनसक्ने सम्भावना रहेको छ । यद्यपी, नभएको खण्डमा मुद्दा हेर्दाहेर्दैमा रहने र जुनसकै बेला फैसला हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ थान निवेदन परेका थिए। निवेदनमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो।

एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य, विजयकान्त मैनाली र गीता पाठक संग्रौलाले राय दिएका छन् । 
सुरुमा निवेदक पक्षका ७२ कानुन व्यवसायीले बहस गरेका थिए। त्यसको जवाफमा प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी कानुन व्यवसायी गरी ४८ जनाले ९ दिन बहस गरेका थिए।

त्यसको जवाफमा फेरि २ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरे। यस्तै सभामुख पक्षका तीन कानुन व्यवसायीले पनि बहस गरेका थिए।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -