काठमाडौं, बिहिबार, ६ फागुन २०७७ । चिनियाँ ‘भेरो सेल’ खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ । चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको हो ।
औषधी व्यवस्था विभागले जानकारी दिए अनुसार बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादित भेरो सेल खोपलाई आपतकालिन अवस्थामा प्रयोगका लागि अनुमति दिइएको हो ।
यो खोपको अघिल्लो बर्ष युएईमा गरिएको तेस्रो चरणको परीक्षणमा ८६ प्रतिशत प्रभावकारिता रहेको त्यहाँको हेल्थ एजेन्सीलाई उद्धृत गर्दै बायो स्पेशले जनाएको छ ।
यसअघि भारतले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानका रुपमा उपलव्ध गराइसकेको छ ।
भारतमा निर्मित उक्त खोप सिरम इन्स्टिच्युटबाट उत्पादन भएको हो । कोभिसिल्ड नामको सो खोप अहिले नेपालमा लगाउने अभियान चलिरहेको छ ।









































