Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
९:०८:३९ राति
- ADVERTISEMENT -

अध्यादेशविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलित, स्थानीय तह ठप्प पार्ने चेतावनी

प्रकाशित मिति: २०७५ पुस २, सोमबार

1296
Shares

काठमाडौँ, २ पौष २०७५ ।

कर्मचारी समायोजन अध्यादेशविरुद्ध सर्वोच्च जाने तयारी

सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तहका चारवटा ट्रेड युनियनले आन्दोलन सुरु गरेका छन्। निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्दा आफूहरूको श्रेणीमा मानमर्दन गरेको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन्।

स्थानीय तह कर्मचारी संघ, नेपाल नगरपालिका कर्मचारी एसोसियसन, नेपाल राष्ट्रिय कर्मचारी संगठन ९स्थानीय तह० र स्थानीय कर्मचारी युनियन नेपालले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी अध्यादेश सच्याउनुपर्ने माग गरेका छन्। पेशागत स्थायित्व र कर्मचारी समायोजनाका लागि सबै सेवाबीच समान व्यवहार नभएको जिकिर गर्दै उनीहरूले अध्यादेश सच्चाउनु दबाब दिएका हुन्।

जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यरत कर्मचारी ९अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालक०लाई सम्मानित ढंगले स्तरवृद्धिसहित समायोजन गर्नुपर्ने माग उनीहरूको छ। उनीहरूले काठमाडौं उपत्यकालगायत स्थानीय तहमा फोहोरमैला तथा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीको पेशागत सुरक्षाको प्रत्याभूति नगरी निजी क्षेत्रमा लैजान लागिएको त्यसको पनि विरोध गरेको छ।

कर्मचारीले सोमबार देशभरका स्थानीय तहका कार्यालय परिसरमै धर्ना दिने, मंगलरबार बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधी कलम बन्द गर्ने, बुधबार बिहान १० बजेदेखि दुई बजेसम्म सबै स्थानीय तहका कार्यालयमा कालोपट्टी बाँधेर कलम बन्द गर्ने र बिहीबारदेखि कार्यालय समयभर कालोपट्टी बाँधी कलम बन्द गर्ने कार्यक्रम तय गरिएको छ।

पत्रकार सम्मेलनमा स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय तहमा निजामती कर्मचारी समायोजन गरिए पनि सबै कर्मचारीलाई एउटै बास्केटमा नराखिएका गुनासो गरे। संघीय मामिला तथा समान्य प्रशासनमन्त्री र सचिवलाई पटक पटक सम्झाए पनि आफूहरूको मुद्दालाई महत्व नदिएको भन्दै चारवटै ट्रेड युनियनले आपत्ति जनाएका छन्। यसैबीच नेपाल निजामती कर्मचारी संगठनले पनि अध्यादेशमा त्रुटी रहेकाले सच्चाउनुपर्ने माग गरेको छ।

उसले आइतबारै पत्रकार सम्मेलन गरी आफूहरू समायोजन भइ जाने तहको सेवा सञ्चालन ऐन विना समायोजन रोज्नु अन्यौल हुने दाबी गरेको छ। संगठनका महासचिव रेवन्त गौतमले श्रेणी विहीन कर्मचारीका लागि न्यूनतम सेवा अवधि र शैक्षिक योग्यताका आधारमा राजपत्र अनंकित द्वितीय वा सहायकस्तर चौथो तहमा समायोजन गर्नुपर्ने जिकिर गरे।

अध्यादेशविरुद्ध सर्वोच्च जाने तयारी

कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्ट कर्मचारीहरुले कानुनी लडाइँ लड्ने तयारी गरेका छन् ।

शुरुमा प्रचारात्मक कार्यक्रम गरेर विरोध जनाउने र त्यसपछि पनि माग सम्बोधन नभए सर्वोच्च अदालतमा रिट हाल्ने उनीहरुको तयारी छ ।

अध्यादेशका कतिपय प्रावधानले २०७१ देखि २०७५ सालसम्म भर्ना भएका कर्मचारीहरुलाई अन्यायमा पारेको उनीहरुको भनाइ छ । २०७० सालमा सेवा प्रवेश गरेका कर्मचारीहरुको सेवा अवधि पाँच वर्ष पुग्ने भएकाले उनीहरुको ग्रेड वृद्धि वा बढुवा हुन्छ । त्यसपछि भर्ना भएकाहरुको हकमा यो लागु हुँदैन । ३२औं ब्याट (बेसिक एडमिनिस्ट्रेसन ट्रेनिङ)का शाखा अधिकृत विकास रिजालले कानुन व्यवसायीसँग परामर्श गर्ने क्रममा रहेको अनलाइनखबरलाई बताए । प्रदेश वा स्थानीय तहमा समायोजन हुनेहरुको वृत्ति विकासमा बाधा पुग्ने खालको व्यवस्था गरिएको कर्मचारीको आरोप छ ।

निजामती सेवा प्रवेश गरेको कुनै कर्मचारीको लक्ष्य सबभन्दा माथिल्लो पद मुख्य सचिव बन्ने हुन्छ तर, समायोजन रोजेर प्रदेश वा स्थानीयमा जाने कर्मचारीहरुलाई संघमा फर्कने बाटो बन्द गरिएकाले अध्यादेश विभेदकारी भएको उनीहरुको भनाइ छ ।

असन्तुष्ट कर्मचारीहरुलाई यही पुस ८ गतेसम्म रिट निवेदन दिने समयसीमा छ । अध्यादेशमा चित्त नबुझे प्रमाणिकरण भएको १५ दिनभित्र कानुनी उपचार खोज्नुपर्छ । कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिबाट मंसिर २३ गते प्रमाणीकरण भएको थियो ।

निजामती सेवा ऐनको दफा ५८ र कर्मचारी समायोजन अध्यादेशको दफा २६ एकअर्कामा बाझिएको कर्मचारीहरुको दावी छ । निजामती सेवा ऐनको दफा ५८ मा कुनै निजामती कर्मचारीलाई उसको नियुक्ति हुँदा तत्काल लागू रहेको तलब, उपदान, निवृत्तीभरण र अन्य सुविधासम्बन्धी सेवाका शर्तहरुमा स्वीकृति बेगर प्रतिकुल असर पर्ने गरी परिवर्तन नगर्ने उल्लेख छ । परिवर्तन गर्नुपर्ने भएमा निजको लिखित स्वीकृति चाहिने ऐनमा उल्लेख छ । समायोजन अध्यादेशको दफा २६ मा भने समायोजनका लागि निवेदन नदिएका कर्मचारीहरुलाई पनि समायोजन गर्न बाधा नपर्ने व्यवस्था छ ।

‘अध्यादेश सच्याउनुको विकल्प छैन’

अध्यादेशबिरुद्व स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन (स्थानीय तह), नेपाल नगरपालिका एशोशिएसन लगायतले फोहोर नउठाउनेदेखि कार्यालय बन्द गर्नेलगायतका कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल यो बिषय मानव अधिकारसँग समेत जोडिएकाले कानुनी लडाइँ लड्ने बताउँछन् । ‘चित्त नबुझेको कुरा लिएर कोही अदालत जान्छ भने त्यो स्वाभाविक हुन्छ’, आफुहरु कानुनी शासनको पक्षमा रहेको बताउँदै उनले भने, ‘एउटा सेवा समूह पनि अदालत जानसक्छ, धेरै व्यक्ति पनि जान सक्छन् र कुनै एक व्यक्ति मेरो मानवअधिकार हनन् भयो भनेर पनि अदालत जान सक्छ ।’

तत्कालीन माओवादी केन्द्र निकट कर्मचारी संगठनका अध्यक्ष रावलले सरकारसंग बिभिन्न चरणमा छलफल र सामूहिक सौदाबाजीको प्रयास पनि गर्ने बताए । त्यसबाट मागहरु पूरा नहुने देखिए आन्दोलन निर्विकल्प बन्ने उनी बताउँछन् । ‘श्रम ऐन, ट्रेड युनियन ऐन र निजामती सेवा ऐनमा पनि आन्दोलन गर्न पाउने अधिकार रहेको बताउँदै उनले भने, ‘हामी त्यसैको परिधीभित्र रहेर अगाडि बढ्छौं ।’

‘पियनदेखि सचिवसम्म समायोजन हुनुपर्छ’

नेपाल निजामती कर्मचारी संघका अध्यक्ष गोपाल पोखरेल अहिलेकै व्यवस्थाले समायोजन नहुने बताउँछन् । त्यसकारण सरोकारवाला पक्षसँग छलफल गरेर सरकारले अध्यादेश संशोधन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘यही अवस्थामा अगाडि बढियो भने समायोजन सफल हुँदैन ।’

सरकारले समानताको अधिकारसम्बन्धी संवैधानिक व्यवस्था विपरित अध्यादेश ल्याएको उनी बताउँछन् । ‘लोक सेवा आयोगको परीक्षा पास गरेर खरिदारमा जागिर खाएको कर्मचारीले मुख्य सचिवसम्मको पुग्ने लक्ष्य राखेको हुन्छ, जसलाई समायोजन अध्यादेशले चकनाचुर पारेको छ,’ पोखरेलले भने, ‘समानताको अधिकार र सिद्धान्त विपरीत अध्यादेश ल्याइएको छ । समायोजन कार्यालय सहयोगीदेखि सचिवसम्म हुनुपर्छ ।’

उनले अध्यादेश संशोधन नभए कानुनी उपचार खोज्ने बाटो पनि खुल्ला रहेको बताए । त्यसका लागि आ-आफ्नो ठाउँबाट अगाडि बढ्ने, तर त्यसअघि यो अध्यादेश संशोधन गरियोस् भनेर सरकारलाई आग्रह गरेको उनले बताए । सरकारले संघीय निजामती सेवा ऐन, प्रदेश सेवा ऐन र स्थानीय निजामती सेवा ऐन नल्याइ जबर्जस्ती कर्मचारी समायोजन गर्न खोजेकाले समस्या आएको धारणा उनको छ ।

‘प्राविधिक कर्मचारीहरु मर्कामा’

प्राविधिक कर्मचारीहरुले पनि कर्मचारी समायोजन अध्यादेशको विरोध गरेका छन् । कृषि, पशु, बन, इन्जिनियरिङ्ग सेवाका कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र आधिकारिक ट्रेड युनियनमा ज्ञापन पत्र बुझाइसकेका छन् ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष जनक रावलले अध्यादेशको अहिलेको प्रावधानले कृषि र भेटनरीका मात्रै करिब ६ हजार कर्मचारीलाई मर्कामा पारेको बताए ।

उनका अनुसार प्रशासन तहको कर्मचारी एसएलसी पास गरेर खरिदारमा भर्ना हुन्छ । उसलाई जनरल कोर्स पढ्न समस्या छैन, माथिल्लो पदमा जानसक्छ । तर प्राविधिक सेवाका कर्मचारीलाई एउटा योग्यताबाट सेवा प्रवेश गरे पनि माथिल्लो कक्षा पढ्ने विकल्प छैन ।

पहिले प्राविधिक शिक्षालयमा १० महिने पढाइ पूरा गरेको योग्यताले जेटीएमा भर्ना हुन पाइन्थ्यो । र, तीन वर्ष काम गरिसकेपछि खुलाबाट नासुस्तरमा लोकसेवा परीक्षा दिन पाइन्थ्यो । ‘तर अहिले बढुवाका लागि शैक्षिक योग्यता आईएससीएजी मागिएको छ’, रावलले भने, ‘यसरी बढुवाको योग्यताबाट बन्चित गराइएको छ ।’ अध्यादेशप्रति कर्मचारीहरुको असन्तुष्टि सार्वजनिक भइरहेका बेला आधिकारिक ट्रेड युनियनकोतर्फबाट भने औपचारिक धारणा आएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -