Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:०५:२२ बिहान
- ADVERTISEMENT -

किन पानी घटाइयो ? फेवातालमा

प्रकाशित मिति: २०७७ माघ २६, सोमबार

570
Shares

पोखरा — बाँध मर्मतका लागि फेवातालमा पानीको सतह घटाइएपछि किनार हिलाम्मे भएको छ । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था थियो । २०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो । त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एकसय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन ।

६४ दशमलव ५ मिटर र उचाइ बढीमा २० मिटर रहेको बाँधमा ४ फलामे ढोका छन् । ती ढोकाका रवरसिल सबै बिग्रेकाले पानी चुहिदै आएको थियो । ‘यो बाँधका लागि खतराको सूचक थियो,’ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले भने, ‘बाँध भए पनि ताल बन्द थिएन । अब ढोकामा रबरसिल फेरिएपछि पानी चुहिने समस्या हट्छ ।’ यसैगरी बाँधबाट पठाइने पानीको गति रोक्न बनाइएका लन्चिङ एप्रोन र अन्डरमाइन्डिङ (बाँध जोगाउन तल्लो तटमा बनाइएका संरचना) बगेका र जीर्ण भएपछि बाँध थप जोखिममा थियो । संरचना बगेपछि बाँधमुनिबाट पानी रसाउन थालेको थियो । त्यस्ता संरचना पनि बनाउन लागिएको हो ।

तालको पानीबाट ३ सय २० हेक्टर जमिनमा सिंचाइ हुँदै आएको थियो । तालको पानी लगेर १ मेगावाटको फेवा जलविद्युत आयोजना पनि सञ्चालनमा छ । अहिले तालको सतह एक मिटर घटाइएको छ । काम गर्ने दौरान आवश्यक परेमा अर्को एक मिटर पनि घटाउन सकिने आचार्य बताउँछन् । एक महिनामा मर्मतको काम सकिनेछ । बाँध मर्मतका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -