Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:३२ बिहान
- ADVERTISEMENT -

घट्यो काठमाडौंको तापक्रम

प्रकाशित मिति: २०७७ माघ २५, आइतबार

630
Shares

काठमाडौं, आइतबार, २५ माघ २०७७ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल प्रदेश १ पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ।

मौसमविद् सजिना शाक्यका अनुसार प्रदेश १ मा मौसम बिग्रिएको छ भने प्रदेश २ का पूर्वी तराईमा बाक्लो हुस्सु लागिरहेको छ । मुलुकभरमै फाट्फुट्देखि मध्यम खालको वर्षा भएको छ ।

मौसम बिग्रिएसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ । न्यूनतम तापक्रम बिहान १ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै अधिकतम तापक्रम १७–१९ हुने शाक्यले बताइन् ।

मंसिरमा पर्नुपर्ने हिउँ अहिले मात्र देखिएसँगै चिसो बढेको हो । चन्द्रागिरी, फुटचोकी लगायतमा हिउँ परेको छ । हिमाली भेगमा देशका सबैजसो स्थानमा हिउँ परेको छ ।

उपत्यकामा तुसारो परेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

महाशाखाले चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

वर्षासँगै हिमपातसमेत भएकाले मुलुकका केही सडकमा असर पुगेको समेत बताइएको छ ।

यता आइतबार बिहान ७ बजेसम्म कुनै फ्लाइट हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार माउन्टेन फ्लाइट स्थगित गरिएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -