Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:५६ बिहान
- ADVERTISEMENT -

प्रतिनिधिसभा विघटन सही साबित गर्ने प्रयास

प्रकाशित मिति: २०७७ माघ २४, शनिबार

490
Shares

काठमाडौँ, शनिबार, २४ माघ २०७७ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा भइरहेको बहसमा सरकारी वकिलहरूले विघटनलाई संविधानसम्मत साबित गर्ने प्रयास गरिरहेका छन् । सरकार पक्षका वकिलहरू शुक्रबारको बहसमा पनि संविधानमा नलेखिएका विषयलाई प्रधानमन्त्रीका अन्तरनिहित अधिकारको रुपमा व्याख्या गर्न तल्लीन रहे ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सोमबारदेखि सरकार पक्षका वकिलले विघटनको पक्षमा बहस गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नलेखिएको अधिकारमा पर्ने भन्दै सरकारी वकिलहरूले त्यही आधारमा टेकेर बहस गरेका छन् । उनीहरूले संविधानको धारा ७४ मा भएको शासकीय स्वरुपसम्बन्धी व्यवस्थालाई प्रधानमन्त्रीको नलेखिएको तर प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकारको रुपमा जिकिर गरेका हुन् । सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले शुक्रबार बहस गर्दै प्रतिनिधिसभा विघटनलाई आवश्यकताको सिद्धान्तसँग जोडे । उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभाबाट काम गर्न नदिइनु विघटनको एउटा आधार भएको दाबी गरे । ‘चुनाव गराउने कुरामा गलत नियत राख्नु हुँदैन श्रीमान् ।

आवश्यकता र बाध्यताको आधारमा प्रतिनिधिसभा विघटन गरिएको हो ।’ उनले विभिन्न देशका संविधानको उदाहरण पेस गर्दै अन्य देशमा पनि यस्तो अभ्यास भएको बताए । विघटन राजनीतिक विषय भएकाले अदालतको निरुपणको विषय नहुने जिकिर पनि रेग्मीले गरे । के आधारमा विघटन गरियो ? विघटन आवश्यक थियो कि थिएन ? नयाँ सरकार गठन गर्ने अवस्था थियो कि थिएन रु भन्ने विषय राजनीतिक भएको दाबी उनले लिए ।

प्रधानन्यायाधीश जबराले सोधे, ‘संसदीय व्यवस्थामा जति लेखेका छौं, त्यति मानिएको छ ? २०४७ सालको संविधानमा जस्तै प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार यो संविधानमा किन नलेखिएको ? संविधानमा नलेखिए पनि विघटन भएका अन्य मुलुक पनि छन् ?’ जबाफमा सहन्यायाधिवक्ता रेग्मीले उस्तै शब्द नराखिए पनि मिश्रित खालको भाषा भएको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -