एजेन्सी, बिहिबार, २२ माघ २०७७ । म्यान्मारमा सत्ता कब्जा गरेको सेनाले बिहीबारदेखि फेसबुक बन्द गरेको छ । सेनाले सत्ता हातमा लिएलगत्तै त्यहाँ आन्दोलन चर्किन थालेपछि सामाजिक सञ्जालमा समेत बन्देज लगाएको हो ।
म्यान्मारको यंगुन र अन्य शहरहरुमा मानिसहरु भाँडा ठटाउदै र गाडीका हर्न बजाउदै आन्दोलन चर्काउन थालेको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।
त्यहाँको सूचनना तथा सञ्चार मन्त्रालयले आइतबारसम्म फेसबुक बन्द गरिने जानकारी दिएको छ ।








































