काठमाडौँ, मंगलबार, २० माघ २०७७ । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमा गरेका छन् ।
राति १० बजेपछि सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाएका हुन् ।
नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुले सेनाले आइतबार सार्वजनिक सूचना जारी गरेको थियो ।
सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यसखाले नियमित अभ्यास गर्दै आएको छ । विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गरेको थियो ।
सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गरेको बताइएको छ ।








































