काठमाडौं, सोमबार, १९ माघ २०७७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।
बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हाे । परीक्षामा चार लाख ३३ हजार २७२ सहभागी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभयो ।
सहभागी मध्ये एक जनाको परीक्षा रद्द भएको छ भने स्थगित ११ हजार ४९० छ । गत मंङ्सिरमा भएको सो परीक्षामा २.४१ देखि २.८० जीपीए ल्याएकाा छन् ।
२.८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ । साे परीक्षा फल राष्ट्रिय परीक्षा बाेर्डकाे वेभ साइटमा हेर्न सकिने छ ।








































