Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:११:३१ बिहान
- ADVERTISEMENT -

जापानमा श्रमिक लैजान समस्या

प्रकाशित मिति: २०७७ माघ १६, शुक्रबार

518
Shares

काठमाडौँ, शुक्रबार, १६ माघ २०७७ । जापानमा नेपाली श्रमिक पठाउन दुई पटक समझदारी भए पनि समझदारी गर्ने र कार्यान्वयन गर्ने निकायको स्तरको द्विविधाले श्रमिक लैजान समस्या भएको छ ।

नेपाल सरकारले सन् २००३ मा जापान इन्टरनेसनल ट्रेनिङको–अपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपाली प्राविधिक प्रशिक्षार्थी जापान पठाउने समझदारी भएको थियो । तर त्यसको कार्यान्वयन सफल नहुँदा २०१९ मा फेरि सरकारी स्तरमा नै श्रमिक पठाउने गरी जीटूूजी सम्झौता गरेको थियो ।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको कार्यकालमा गरिएको श्रमिक आदानप्रदानसम्बन्धी जीटूजी समझदारीको दुई वर्ष भएको छ तर श्रमिक पठाउने प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जिट्को र जीटूजीलाई आधार मानेर जापानमा नेपाली श्रमिक पठाउन कार्यविधि बनाउने काम भइरहेको जानकारी दिनुभयो । जापान विकसित देश भएकाले त्यहाँ दक्ष श्रमिकको माग धेरै हुने गरेकाले प्रक्रिया मिलाउन केही समय लाग्ने सक्ने उहाँको भनाइ छ ।

नेपाल र जापान सरकारबीच भएको श्रम समझदारी अनुसार सहज वातावरण बनाएर श्रमिक पठाउन कार्यविधि बनेपछि बाटो सहज हुने दाबी उहाँको छ ।

श्रमिक आपूर्ति गर्न नसके २०२१ देखि जापानले नेपाललाई श्रमिक आपूर्ति गर्ने स्रोत मुलुकबाट हटाउन सक्ने सम्भावना बढेको छ । यस्तो जानकारी काउन्सिलले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई साङ्केतिक रूपमा दिइसकेको छ ।

जापान सरकारले सन् २०२० मा नेपाल, चीन, भियतनाम, फिलिपिन्स, इन्डानेसिया, थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेश, भारत, पाकिस्तान, भुटान र उज्वेकिस्तानसहित १६ मलुकबाट आप्रवासी कामदार आपूर्ति गर्ने सूचीमा राखेको छ । सन् २०१९ देखि २०२४ सम्ममा तीन लाख ५० हजार श्रमिक लैजाने योजना बनाएको छ । ती श्रमिकले जापानको कृषि, नर्सिङसहित १४ सेक्टरमा काम गर्न पाउने छन् ।

जापान फाउन्डेसनले दुई पटक जापानी भाषा परीक्षा पनि गरेको थियो । पहिलो चरणमा पाँच सय र दोस्रो चरणमा एक हजार केयरगिभरका लागि फाउन्डेसनले भाषा परीक्षा सञ्चालन गरेको थियो । तर उक्त परीक्षामा एक जना मात्रै उत्तीर्ण भए पनि उनी हालसम्म जापान जान पाएका छैनन् ।
फाउन्डेसनले सामान्य भाषा परीक्षा उत्तीर्ण अन्य ५० जनालाई छनोट गरे पनि कहिले पठाउने भन्ने टुङ्गो लागेको छैन । जापान सरकारसँग जीटूजी सम्झौता भएयता करिब ५० हजारभन्दा बढी युवा जापनी भाषा अध्ययन गरेर परीक्षाको प्रतीक्षामा छन् ।

नवीकरण गराउन छाडियो

सरकारले जिट्कोमार्फत प्राविधिक प्रशिक्षार्थी श्रमिक जापान पठाउन १४२ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुमति दिएको थियो । तर म्यानपावर कम्पनी र महासङ्घले लक्ष्यअनुसार श्रमिक जापान पठाउन नसक्दा जिट्कोको प्रक्रिया नै प्रभावहीन भयो । यस्तै २०७५ सालमा भएको श्रम समझदारीअनुसार हालसम्म जापान रोजगारीका नेपाली श्रमिक पाएका छैन ।

श्रमिक लागि बजार प्रवद्र्धन र प्रवेशाज्ञा (भिसा) प्रक्रिया झन्झटिलो भएकाले सूचीकृत म्यानपावर कम्पनीले माग ल्याउन र मार्केटिङ गर्ने समस्या देखाउँदै तर्किएका थिए । जिट्कोमार्फत प्राविधिक प्रशिक्षार्थी श्रमिक पठाउन महासङ्घले समेत चासो दिएन ।

विभागका अनुसार हाल म्यानपावर कम्पनीले जिट्को लाइसेन्स नवीकरणसमेत गर्न छाडेका छन् । हाल ५५ वटा म्यानपावरले मात्र जिट्को लाइसेन्स नवीकरण गर्न निवेदन पठाएको विभागले जनाएको छ । यता वैदेशिक रोजगार व्यवसायी सङ्घले जिट्कोको नाममा सीमित म्यानपावरलाई मात्रै नभएर सबैलाई खुला गरिनुपर्ने माग राख्दै आएका छन् । सङ्घका अध्यक्ष विष्णुप्रसाद गैरेले जिट्कोमार्फत प्राविधक प्रशिक्षार्थी श्रमिक पठाउन दुई करोड रुपियाँ धरौटी बुझाउने सबै म्यानपावरलाई अनुमति दिनुपर्ने माग राख्दै आएको तर अहिलेसम्म कार्यान्वयन नभएको बताउनुभयो ।

विभागले सन् २०११ देखि यता जिट्कोमार्फत जापान गएका प्राविधिक प्रशिक्षार्थीको तथ्याङ्क अद्यावधिक गरेको छैन । सो अवधिसम्म विभागको तथ्याङ्कमा २४ म्यानपावरले ६४७ श्रमिकको माग ल्याएको र १३ जना पुरुष र नौ महिला गरी २२ जना जापान पुगेका छन् । तर जिट्कोमार्फत करिब एक हजार ५०० नेपाली जापान पठाएको म्यानपावरले दाबी गर्दै आएका छन् । आजको गोरखापत्रमा खबर छापिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -