Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:३७:१८ बिहान
- ADVERTISEMENT -

अनलाइन विवरण लिइँदै, शुक्रबार अपरान्हसम्म ४७ हजार पुगे

प्रकाशित मिति: २०७७ माघ ९, शुक्रबार

559
Shares

काठमाडौं,शुक्रबार, ९ माघ २०७७ । देशभरीबाट कोभिडको पहिलो चरणमा खोप लगाउने सेवाग्राहीको विवरण विद्युतीय प्रणालीबाट संकलन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना व्यवस्थापन इकाइले संकलन गरिरहेको छ ।

शुक्रबार, दिउँसो ३.०० बजेसम्ममा ४७ हजारको विवरण सूचना व्यवस्थापन इकाइमा संकलन भइसकेको छ । ‘ शुक्रबार प्रत्यक घण्टामा तीन हजारभन्दा धेरैको नाम सूचना केन्द्रमा दर्ता भइरहेको छ’ सूचना व्यवस्थापन एकाइका प्रमुख राजेन्द्र पौडेलले भन्नुभयो ।

‘शनिबार साँझसम्ममा पूर्ण विवरण आइसक्छ होला’ पौडेलले भन्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य संस्थाहरुमा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कार्यालय सहयोगी,गेटमा बस्ने सुरक्षाकर्मी, काउन्टरमा बस्ने कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोरमैला व्यवस्थापन तथा सरसफाइकर्मीको तंथ्याङ्ग विद्युतीय प्रणालीमा संकलन गरिरहेको छ ।

त्यसका लागि सूचना व्यवस्थापन एकाइले माघ ८ गते सार्वजनिक सूचनानै प्रकाशित गरेको थियो । सूचनामा पहिलो चरणमा खोप लगाउने तोकिएको मापदण्डका कर्मचारीले सम्बन्धित कार्यालयका प्रमुखको सिफारिसमा नाम दर्ता गराउने र एक साताभित्र उहाँहरुलाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

भारत सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोपलाई टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ । केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको खोपलाई सातैवटा प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र प्रादेशिक भण्डारण केन्द्रबाट आवश्यक अनुसारको प्याकेट बनाएर जिल्ला–जिल्ला पु¥याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले भन्नुभयो । उहाँले खोप आएको एक साताभित्रमा सबै जिल्लामा खोप लगाइसक्ने गरि मन्त्रालयले तयारी गरिररहेको उहाँले बताउनुभयो ।

देशभरीबाट खोप लगाउने व्यक्तिहरुको विवरण संकलन भइरहेको छ । त्यसका लागि सूचना व्यवस्थापन इकाइले काम गरिरहेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा स्वास्थ्य संस्थाहरुमा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अंग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी, कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोरमैला व्यवस्थापन तथा सरसफाइ कर्मीको तथ्याङ्ग विद्युतीय प्रणालीमा संकलन गरिसकेको छ । २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम राख्दै खोपको भण्डारण, ढुवानी र ओसारपसार गरिन्छ । सूचना व्यवस्थापन इकाइमा आएको विवरण अनुसार पहिलो चरणमा खोप लगाउन पाउनेको जिल्लागत रुपमा खोपको भाइल पठाउने तयारी स्वास्थ्य मन्त्रालयको छ ।

स्वास्थ्य मन्त्रालयको सूचना व्यवस्थापन एकाइका प्रमुख पौडेलका अनुसार पहिलो चरणमा सबैभन्दा बढी बागमती प्रदेशमा खोप लगाउनेको संख्या देखिएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै खोप लगाउने सम्भावना रहेको पौडेलले भन्नुभयो । शनिबारसम्म सबै विवरण आएसँगै जिल्ला जिल्लामा खोपको मात्रा पठाइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -