Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
११:३३:२७ राति
- ADVERTISEMENT -

कमलपोखरीको निर्माणकार्य रोक्न मेयर विद्यासुन्दर शाक्यलाई नेता थापाको पत्र

प्रकाशित मिति: २०७७ पुस २९, बुधबार

597
Shares

काठमाडौं, बुधबार, २९ पुस २०७७ । नेपाली का‌ंग्रेसका नेता गगन कुमार थापाले कमलपोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् ।

कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको बेला सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद समेत रहेका थापाले पनि निर्माण रोक्न नगरप्रमुखलाई पत्र लेखेका हुन् ।

बि स २०७६ सालदेखि निर्माण सुरु भएको कमलपोखरीको चारैतिर कंक्रिट संरचना निर्माण गर्ने र वास्तविक पोखरीलाई साँघुरो बनाउने निर्माण पक्षको योजनालाई सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी लगायतले विरोध गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल स्वरूप २०७६ असारबाट पोखरी निर्माणको काम सुरु गरेको थियो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

पोखरीको पूर्वतर्फ भ्युप्वाइन्ट राखेर संरचना बन्दैछ । पोखरीमाथि व्यायाम गर्ने, ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने योजना छ । त्यसका लागि रानीपोखरीमा जसरी नै पानी सुकाएर काम गरिँदैछ । त्यसै कार्यको स्थानीय जनप्रतिनिधिले समेत विरोध गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -