Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:४४:०० बिहान
- ADVERTISEMENT -

नेपालमा कोरोनाविरुद्धको तेस्रो चरणको खोप परिक्षण गर्ने सम्पूर्ण तयारी पुरा

प्रकाशित मिति: २०७७ पुस २९, बुधबार

434
Shares

काठमाडौं, बुधबार,२९ पुस २०७७ । नेपालमा केही दिनभित्र कोरोनाभाइरसविरुद्ध प्रयोग गर्न लागिएको खोपको तेस्रो चरणको परिक्षण गरिने भएको छ । त्यसको लागि त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा सबै तयारी पुरा भएको छ ।

यो चरणमा नेपालमा १८ सय जनामा परिक्षण गरिदैँछ । जसमध्ये १२ सय शिक्षण अस्पताल र ६ सय वटा धुलिखेल अस्पतालमा परिक्षण गर्ने तयारी गरिएको छ । नेपालमा गर्न लागिएको परीक्षणमा भाइरसविरुद्ध प्रभावकारी हुन्छ कि हुँदैनदेखि यसको प्रयोगले मानव शरीरमा कुनै दुष्प्रभाव पार्छ कि पार्दैन भन्ने कुरा समेत हेरिने गर्छ ।

नेपालमा परिक्षण गर्न लागिएको यो खोप चीनको मुख्य लगानी रहेको अस्ट्रेलियाली वहुराष्ट्रिय कम्पनी क्लोभर बायोफार्मसूटिकल्सले बेल्जियमको जीएसकेसँगको साझेदारीमा विकास गरेको हो । खोपको पहिलो चरणको परीक्षण सम्पन्न भइसकेको, दोस्रो चरण सम्पन्न हुने अन्तिम चरणमा रहेको र तेस्रो चरणको परीक्षण गरिने विभिन्न १२ मुलुकमध्ये नेपाल पनि एक हो । परिक्षण गर्न लागिएका १२ मुलुकका ३४,००० मानिसमध्ये नेपालका १८ सय जना छनोट गरिएको हो ।

१८ वर्षभन्दा माथिका स्वस्थ मानिसहरूलाई तेस्रो चरणको क्लिनिकल परीक्षणमा सहभागी गराइदैंछ । उनीहरूलाई स्वयंसेवकका रूपमा कार्यक्रममा सहभागी बनाइन लागिएको बताइएको छ । परिक्षणको लागि आवश्यक पर्ने खोपको मात्रा दक्षिण कोरियाली इन्टरनेशनल भ्याक्सीन इन्स्टिट्यूट (आईपीआई) उपलब्ध गराउनेछ । यसको खर्च पनि उसैले बेहोर्ने भएको छ ।

खोप लगाएपछि स्वयंसेवकहरू आफ्नै घर जान पाउनेछन् । उनीहरूले स्मार्टफोनमार्फत् आफ्नो अवस्थाबारे नियमित रूपमा जानकारी गराउने र प्रत्येक दिन चिकित्सकहरूले निगरानी गरिरहने व्यवस्था गर्न लागिएको बताइएको छ ।

त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) की डीन तथा शिक्षण अस्पतालमा गरिने परीक्षणको नेतृत्व गरिरहेकी प्रा. डा. दिव्यासिंह शाहका अनुसार अनुसार तेस्रो चरणको परीक्षणका लागि आवश्यक प्रयोगशालासहित अन्य विभिन्न पूर्वाधार निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ ।

स्मरणरहोस खोपको पहिलो चरणको परीक्षणमा मानव शरीरमा ‘मलेकूल’ सुरक्षित छ वा छैन हेरिन्छ भने दोस्रो परीक्षणमा यो कति मात्रामा प्रभावकारी हुन्छ भनेर हेरिन्छ । त्यस्तै तेस्रो चरणको परीक्षणमा भाइरसविरुद्ध प्रभावकारी हुन्छ कि हुँदैनदेखि यसको प्रयोगले मानव शरीरमा कुनै दुष्प्रभाव पार्छ कि पार्दैन भन्ने कुरा समेत हेरिने गर्छ ।

स्रोतका अनुसार परिक्षणमा सहभागि हुनेहरुलाई निशुल्क स्वास्थ्य बीमाको साथै सुविधाको रुपमा केही रकम उपलब्ध गराउन लागिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -