Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१८:४० दिउँसो
- ADVERTISEMENT -

राष्ट्रिय परिचयपत्रका लागि साढे १२ लाख नागरिककोे विवरण संकलन सम्पन्न

प्रकाशित मिति: २०७७ पुस २८, मंगलबार

511
Shares

काठमाडौँ, २८ पुस २०७७ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अहिले राष्ट्रिय परिचयपत्र वितरणका लागि नागरिकहरूको विवरण सङ्कलन अभियानलाई तीव्रता दिएको छ ।

लकडाउनपछि प्रभावित बनेको नामावली संकलन कार्य अहिले जिल्लामा महामारी कम हुँदै गएपछिको अवस्थामा कर्मचारी फिल्डमा काम गर्न खटिन पाएकाले संकलनलाई तीव्रता दिइएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

महानिर्देशक बस्नेतका अनुसार हाल १० जिल्लामा विवरण संकलन भइरहेको र माघ मसान्तभित्रमा थप ७ जिल्लामा विस्तार भई १८ जिल्लामा विवरण संकलनको काम थालिनेछ ।

झापा, सिन्धुली, ओखलढुङ्गा,उदयपुर, चितवन, गुल्मी,ललितपुर, डडेलधुरा, अछाम र कास्कीमा अहिले विवरण संकलन तीव्रताका साथ अगाडी बढीरहेको छ । कोरोना महामारीको चुनौतीका बावजुद पनि अहिलेसम्म साढे १२ लाख नागरिकको विवरण गरिसकिएको विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले जानकारी दिनुभयो ।

हालसम्म पाँचथर, सङ्खुवासभा र कञ्चनपुर गरी तीन जिल्लामा विवरण सङ्कलन अभियान सकिएको छ । पाँचथर जिल्लामा त परिचयपत्र वितरण समेत गरिसकिएको छ । यसै हप्ताभित्र चितवनमासमेत विवरण संकलन कार्य सकिने निर्देशक ढकालले बताउनु भयो ।

नेपाल राज्यभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचय व्यवस्थापन इकाईको स्थापना गरी विवरण दर्ता गर्ने कार्य सुचारु गरिएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नागरिकहरूको समयमा नै विवरण दर्ता गर्ने उद्देश्यका साथ सबै स्थानीय तहका वडास्तरसम्म अभियानस्वरुप घुम्ती टोली परिचालन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

चालु आर्थिक वर्ष लाई ‘विवरण सङ्कलन अभियान वर्ष’ का रूपमा लिई विभागसँग रहेका जम्मा १०६६ वटा स्टेसनमार्फत नागरिकका विवरण दर्ता गर्ने विभागले लक्ष्य लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -