Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१२:५३ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय एकता दिवस विकास समिति बनाउने तयारी

प्रकाशित मिति: २०७७ पुस २७, सोमबार

496
Shares

काठमाडौँ, पुस २७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नुवाकोट क्षेत्रका देवीघाट, चिम्टेश्वर र दरबार संरक्षण र प्रवद्र्धन गर्ने बताउनुभएको छ ।

मन्त्री ढकालले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको कदरस्वरूप ऐतिहासिक तथ्यको खोजी, संरक्षण र विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न उक्त क्षेत्रका लागि विकास समिति गठनको प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार राजधानीमा आयोजना गरेको ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार गोष्ठीमा मन्त्री ढकालले यस्तो जानकारी दिनुभएको हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा प्रतिष्ठानले सो विचार गोष्ठी आयोजना गरेको हो ।

उहाँले पृथ्वीनारायण शाहलाई ‘गर्व गर्न लायक अभिभावक’का रूपमा चर्चा गर्नुहुँदै राष्ट्र अखण्ड र अक्षुण्ण हुन्छ भन्ने त्यो बेलाको चेतना आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

उहाँले सहमतिको आधारमा राजतन्त्रको बिदाइ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको सन्दर्भमा नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई नेपाल र नेपालीले सदासर्वदा सम्झिरहने बताउनुभयो ।
मन्त्री ढकालले धर्म, संस्कृति र परम्पराको बर्खिलापमा संविधान नरहेको एवं बलजफ्ती धर्म परिवर्तन गर्ने कार्य दण्डनीय भएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रा.डा. टेकबहादुर श्रेष्ठले ‘पृथ्वीनारायण शाहको एकीकरण अभियानः सङ्क्षिप्त चर्चा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै पृथ्वीनारायणले एकीकरण थालेको र जीवनको आखिर दिन बिताएको नुवाकोटमा समाधिस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको भू–राजनीति र मुलुकभित्रको बहुलताका विषयमा पृथ्वीनारायण शाहले स्पष्ट रूपमा दृष्टिकोण दिनुभएको बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले मुलुकको राजनीतिक नेतृत्वले पृथ्वीनारायणको चरित्र विकास गर्न सके नेपालमा विदेशीको राजनीति हाबी नहुने बताउनुभयो ।

यसैबीच नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २९९औँ पृथ्वी जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित एकहप्ते पुस्तक प्रदर्शनी आइतबारदेखि सुरु भएको छ । प्रतिष्ठानका सबै प्रकाशन १५ देखि ४० प्रतिशतसम्म छुटमा पुस्तक बिक्री भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -