काठमाडौं, सोमबार, २० पौष २०७७। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सर्भर नै बन्द गरिएको छ ।
आज (सोमबार) एक दिनको लागि सर्भर बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
कोभिडका कारण गत चैतदेखि बन्द रहँदै आएको लाइसेन्सको नयाँ आवेदन विभागले गत मंगलबारदेखि मात्र खुल्ला गरेको थियो । आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो।








































