Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१२:२४ बिहान
- ADVERTISEMENT -

‘ढुक्क भएर बिजुली उपयोग गर्नुहोस्, लोडसेडिङ हुने अवस्था छैन’

प्रकाशित मिति: २०७७ पुस १८, शनिबार

639
Shares

काठमाडौँ, शनिबार, १८ पुस २०७७ । नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गत सोमबार र मंगलबार प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन् ।

उक्त विषयलाई लिएर प्राधिकरणले विद्युत् कटौती गर्न थालेको भन्दै चौतर्फी रूपमा विरोध भएपछि शाक्यले शुक्रबार ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केही समय प्राविधिक समस्या देखिए पनि अहिले त्यसलाई सल्टाइसकेको दाबी गरे ।

‘मंसिर १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय आएको समस्याले वितरणमा अवरोध सिर्जना भयो,’ उनले भने, ‘गत सोमबार एकीकृत राष्ट्रिय प्रणालीमा साँझ ६:२५ बजे १ हजार ४ सय ३१ मेगावाटको लोड थियो । सो समयमा खिम्ती–लामोसाँघु–भक्तपुर, मातातीर्थ–हेटौंडा–ढल्केवर प्रसारण लाइन एउटै लुपमा सञ्चालित थियो । सोही समयमा मर्स्याङदी जलविद्युत् केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतम भएपछि प्रणाली सुचारु राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने बिजुलीको मात्रा बढी हुन गयो र सोही समयमा खिम्ती–लामोसाँघु प्रसारण लाइन ओभरलोड हुन गई सिस्टम ट्रिप भयो ।’

प्राधिकरणले सो समस्या निराकरणका लागि दिउँसोको समयमा भारतबाट आयात बढाई अर्ध जलाशय जलविद्युत् केन्द्रको रिर्जवायर बढाएर राख्ने र साँझको पिक आवरमा सप्लाई गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । प्राधिकरणले कमजोर प्रसारण लाइनमा विशेष ध्यान दिँदै आएको बताएको छ । ‘सिस्टममा समस्या आएर मर्मतसम्भार गर्दा लोडसेडिङ भनेर सामाजिक सञ्जालमा भ्रम फैलाउनु गलत हो,’ उनले भने, ‘लोडसेडिङ हुने अवस्था छैन । ढुक्क भएर बिजुली उपयोग गर्नुहोस् ।’

निमित्त प्रबन्ध निर्देशक शाक्यले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा उपत्यकामा विद्युत् सटडाउन हुने समयसमेत घटेको तथ्यांक सार्वजनिक गरे । ‘गत वर्षको साउनदेखि मंसिरको अवधिमा भएको विद्युत् सटडाउनभन्दा चालु आर्थिक वर्षमा कम भएको छ,’ उनले भने, ‘यो वर्ष मात्रै होइन, बिजुलीमा हरेक वर्षजस्तै समस्या आइराखेका हुन्छन् ।’ शाक्यले गत वर्ष साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा सिस्टम फ्युज हुने क्रममा कमी आएको दाबी गरे । ‘गत वर्ष साउनमा २२ पटक सिस्टम फ्युज भएको थियो ।

त्यो बेला छोटो समयमै समस्या समाधान भएकाले धेरै ग्राहकले थाहै पाउनुभएन होला,’ उनले भने, ‘यो वर्ष पनि साउनमा १० पटक सिस्टम फ्युज भएको थियो । तर कसैले थाहा पाएनन् ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -