Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१४:५८ बिहान
- ADVERTISEMENT -

भोलिदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन : ‘संसद विघटन’ को विषयमा बोल्न नपाइने

प्रकाशित मिति: २०७७ पुस १६, बिहीबार

458
Shares

काठमाडौं, बिहिबार, १६ पुस २०७७ । पुस १७ गते अर्थात् भोलिदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा विघटित भइसकेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेपछि राष्ट्रिय सभाको बैठक भोलि दिउँसो ४ बजे बस्न लागेको हो ।

भोलिको बैठकको सुरुवातमै राष्ट्रिय सभामा रहेका दलका नेताहरुले सम्बोधन गर्नेछन् । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आज बिहिबार बसेको बैठकले भोलिको लागि कार्यसूची तयार गरेको हो ।

उक्त कार्यसूचीअनुसार अघिल्लो अधिवेशनपछि हालसम्म निधन भएका सांसदहरु तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जलीसहित शोक प्रस्ताव पारित हुनेछ । त्यस्तै अधिवेशन आह्वानका लागि राष्ट्रपतिले बठाएको पत्रपनि कार्यसूचीमा परेको छ ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायतमा पनि छलफल हुनेछन् । त्यसपछि, थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरूमाथि छलफल हुनेछ ।

तर, राष्ट्रिय सभाको भोलिको बैठकमा संसद विघटनको विषयमा भने छलफल हुनेछैन । सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा सदनमा छलफल हुन नसक्ने भएकाले यो विषयमा छलफल नहुने भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -