काठमाडौँ, बुधबार, १५ पुस २०७७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिस्ट्रेसन फारम खुलाएको छ ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन रजिस्ट्रेसन फारम भर्नका लागि सूचना निकालेको हो ।
बोर्डले जारी गरेको सूचनाअनुसार रजिस्ट्रेसन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ ।
सूचना









































