Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:३३ बिहान
- ADVERTISEMENT -

कोरोना भाइरस : अर्काे एउटा प्रकार, दक्षिण अफ्रिकाबाट बेलायतमा

प्रकाशित मिति: २०७७ पुस ९, बिहीबार

516
Shares

काठमाण्डाै, बिहिबार, ९ पुस २०७७ । बेलायतमा कोरोना भाइरसको एक नयाँ प्रकार भेटिएको छ, यो नयाँ प्रकार पछिल्लो नयाँ प्रकारभन्दा धेरै नै खतरनाक छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बुधबार नयाँ प्रकारको कोरोना भाइरसको दुई वटा मामिलाबारे थाहा भएको बताएका छन् ।

कोरोना भाइरसको यो नयाँ प्रकार सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको हो ।

बेलायतमा यसको सङ्क्रमण पुष्टि भएका दुई जना भर्खरै दक्षिण अफ्रिकाको भ्रमणमा गएको बताइएको छ । बेलायतका स्वास्थ्यमन्त्री ह्यानककका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकार बेलायतमा भेटिएको भन्दा तीव्र फैलिने र धेरै ‘म्युटेडेड’ छ ।

उनले यस प्रकारको प्रसारलाई ‘निकै चिन्ताजनक’ बताएका छन् । यसलाई मध्यनजर गर्दै दक्षिण अफ्रिकाको यात्रामा अहिले प्रतिबन्ध लगाइएको छ । यसका साथै पछिल्लो १५ दिनमा दक्षिण अफ्रिकाबाट फर्किएका र उनीहरुको सम्पर्कमा आएकालाई क्वरेण्टीनमा बस्न निर्देशन दिइएको छ ।

कोरोना भाइरसको यो नयाँ प्रकार दक्षिण अफ्रिकामा पनि गम्भीर चिन्ताको विषय बनेको छ ।

दक्षिणा अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइजले यस नयाँ प्रकारको चपेटामा आएर ‘युवा र स्वस्थ व्यक्ति पनि बिरामी परेको’ बताएका छन् ।

उनले भने, ‘एड्स महामारीको सुरुवाती दिनमा गुज्रिएको जसरी देश चल्न सक्दैन ।’

दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले नयाँ प्रकार निकै तीव्र फैलिरहेको र देशका कैयौँ क्षेत्र यसको चपेटामा परेको बताएका छन् ।

अहिले कोरोना भाइरसको यस प्रकारको अध्ययन भइरहेको छ तर अहिलेसम्म प्राप्त भएको जानकारीअनुसार यो कैयौँ गुणा तीव्र फैलिरहेको छ ।

बेलायतमा गएको मङ्गलबार यस नयाँ प्रकार देखिएको थियो ।

दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकार बेलायतमा भेटिएको नयाँ प्रकारसँग मिल्दोजुल्दो छ, यद्यपि यी दुई छुट्टै–छुट्टै विकसित भएका हुन् ।

दुवै प्रकारमा एन५०१वाई नामको ‘म्युटेशन’ हुन्छ, जसले शरीरका कोषिकाहरूलाई प्रभावित गर्दछ ।

यसैबीच पछिल्लो २४ घण्टामा बेलायतमा कोभिड–१९ का ३९ हजार दुई सय ३७ सङ्क्रमित भेटिएका छन् ।

इम्पेरियल कलेज लण्डनका प्रोफेसर निल फर्ग्युसनले भने, ‘अहिले हाम्रो लागि सबैभन्दा ठूलो चिन्ता भनेको दक्षिण अफ्रिकाको नयाँ प्रकारलाई लिएर हो । त्यस भाइरस तीव्र फैलिने गरेको सङ्क्रमणको सङ्ख्या पनि तीव्र बढिरहेको छ ।’

यसै क्रममा बेलायतका स्वास्थ्यमन्त्री ह्यानककले भाइरसलाई नियन्त्रित गर्न बक्सिङ डे (क्रिसमसको अघिल्लो दिन) मा अन्य लाखौँ व्यक्तिमा पनि कडा प्रतिबन्ध लगाउने बताए ।

सार्वजनिक स्वास्थ्य इङ्ग्ल्याण्ड (पीएचई) की डाक्टर सुसान हप्किङ्सले भनिन्, ‘भाइरसको दुवै प्रकार धेरै सङ्क्रामक देखिन्छन् ।’ तर अहिले दक्षिण अफ्रिकामा देखिएको प्रकारको बारेमा जानकारी लिइरहेको उनले जानकारी दिइन् ।

वारविक मेडिकल स्कुलका प्रोफेसर लरेन्स यङ भन्छन्, ‘हात धुने, अनुहार नछुने र दुरी कायम जस्ता उपाय अपनाउने हो भने यस नयाँ प्रकार रोक्न मदत पुग्छ ।’

दक्षिण अफ्रिकाको सरकारले क्रिसमसलाई मध्यनजर गर्दै प्रतिबन्धमा कडाइ गरेको छ । साथै पश्चिमी केप प्रान्तको लोकप्रिय गार्डन रुटसहित सबै बिच बन्द गरिएको छ ।

प्रमुख विपक्षी दल डेमोक्रेटिक एलायन्स र केही समूहले सरकारको यस कदमको विरोध गरेका छन् । उनीहरुले बिच बन्द गर्दा साना साना कारोबारमा निकै नराम्रो असर पुग्ने भन्दै अदालत समक्ष आपत्ति जनाएका छन् ।

तर न्यायाधीशहरूले नागरिकको स्वास्थ्यको रक्षा सरकारको कर्तव्य भन्दै प्रतिबन्ध लगाइ राख्न भनेको छ ।

दक्षिणी अफ्रिकी देशहरुमा अहिलेसम्म ९५ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा २५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -